Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

चिनियाँ खर्बपति ज्याक मा नेपालमा

चिनियाँ खर्बपति ज्याक मा नेपालमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १२, २०८० मंगलवार • १७:०९:१३ बजे
  • 592
    SHARES
  • चिनियाँ खर्बपति ज्याक मा नेपालमा

    चिनियाँ धनाढ्य ज्याक मा नेपालमा आइपुगेका छन् । उनी सवार विमान बोइङ ७३७ म्याक्स २ बजेर ३० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

    images

    अध्यागमन विभागका अधिकारी खिमलाल भुसालका अनुसार उनी चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आइपुगेका हुन् । उनीसँग एउटा टोली पनि नेपाल आएको छ ।

    स्रोतका अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्ने कार्यक्रम रहेको छ । ज्याक मा पछिल्लो समयमा जापानमा बस्दै आएका थिए ।

    उनी एसियाकै धनाढ्यमा पर्छन् । विश्वको ठूलो मध्येको एक इ-कमर्स कम्पनी अलिबाबाका सहसंस्थापक ज्याक माको पूरा नाम ज्याक मा युन हो ।

    चिनियाँ धनाढ्यको सूचीमा पाँचौ नम्बारमा रहेका उनी विश्वका डलर अर्बपतिहरुको सूचीमा ६३ औं स्थानमा छन् । फेब्र्सकाअनुसार उनको रियलटाइम सम्पत्ति २३.५ बिलियन अमेरिकी डलर रहेको छ ।

    विज्ञान र कलामा स्नातकसम्म अध्ययन गरेका उनी ५८ वर्षका मात्रै भए । इकमर्स बिजनेसमा आउनुअघि उनी ह्वाङजाउमा अंग्रेजी विषयका शिक्षक थिए । उनले अलिबाबा १९९९ स्थापना गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # ज्याक मा नेपालमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology