Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतले चन्द्रमा मिशन चन्द्रयान-३ जुलाई १३ मा प्रक्षेपण गर्ने

भारतले चन्द्रमा मिशन चन्द्रयान-३ जुलाई १३ मा प्रक्षेपण गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १४, २०८० बिहिवार • १०:३८:२८ बजे
  • 1.1K
    SHARES
  • भारतले चन्द्रमा मिशन चन्द्रयान-३ जुलाई १३ मा प्रक्षेपण गर्ने

    भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले बहुप्रतिक्षित चन्द्रयान मिशन चन्द्रयान ३ को प्रक्षेपणको लागि अनुमानित मिति तोकेको छ। इसरोका अधिकारीहरूले चन्द्रयान जुलाई १३ मा दिउँसो २ः३० मा प्रक्षेपण गरिन लागेको जनाएका छन् ।

    images

    इसरो प्रमुख एस सोमनाथले भने, अहिले चन्द्रयान–३ अन्तरिक्ष यान पूर्ण रूपमा तयार छ । हामीले परीक्षण पूरा गरिसकेका छौं । हामी अब रकेटको तयारी गर्दैछौं। उनले चन्द्रयान–३ मा रकेट जडान गरी प्रक्षेपण गरिने बताए ।

    उनले जुलाई १२ र १९ को बीचमा चन्द्रयान–३ प्रक्षेपण गर्न सकिने तर निकटतम मिति तय हुने आशा व्यक्त गरेका छन् । अधिकारीहरुका अनुसार चन्द्रयान–३ लाई आन्ध्र प्रदेशको श्रीहरि कोटास्थित सतीश धवन स्पेस सेन्टरबाट प्रक्षेपण वाहन मार्क–३ मार्फत प्रक्षेपण गरिने छ ।

    प्रोपेलेन्ट मोड्युलले ल्यान्डर र रोभरलाई चन्द्रमाको वरिपरि १०० किलोमिटरको परिक्रमामा लैजाने छ। यसमा चन्द्रमाको कक्षाबाट पृथ्वीको ध्रुवीय मापन अध्ययन गर्न स्पेक्ट्रो पोलारिमेट्री पेलोड पनि थपिएको छ। यसअघि ७ सेप्टेम्बर २०१९ मा भारतको दोस्रो चन्द्र अभियान चन्द्रयान–२ ले चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ असफल भएको थियो ।

    यो चन्द्रमाको सतहको दक्षिणी ध्रुव नजिकै अवतरण गर्नु पर्ने थियो तर चन्द्रमाको सतहमा अवतरण गर्न लाग्दा ल्यान्डर विक्रमसँगको सम्पर्क टुटेको थियो ।

    त्यसबेला प्रधानमन्त्री नरेन्द्र मोदी पनि ऐतिहासिक क्षणको साक्षी हुन बेंगलुरुस्थित इसरोको मुख्यालयसमेत पुगेका थिए। अब तेस्रो पटक चन्द्रमा मिशनमा उपस्थित हुनेछन कि हुने छैनन ? त्यो भने अझै तय भएको छैन ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology