Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महिला सांसदलाई काखमा नवजात छोरी भएको कारणले भाषण गर्न रोक

महिला सांसदलाई काखमा नवजात छोरी भएको कारणले भाषण गर्न रोक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १४, २०८० बिहिवार • १०:४३:५८ बजे
  • 1.5K
    SHARES
  • महिला सांसदलाई काखमा नवजात छोरी भएको कारणले भाषण गर्न रोक

    इजरायलको संसद्की एक महिला सांसदलाई काखमा नवजात छोरी भएको कारणले भाषण गर्नबाट रोकिएको छ ।

    images

    यो घटनाले विश्वभर नयाँ बहसको सृजना गरिदिएको छ । घटना गत मंगलबारको हो । उपसभामुख उरिएल बुसोका अनुसार संसद्को मञ्चमा सांसद मात्र उभिन सक्छन्, उनीसँग अरू कोही हुनुहुँदैन भन्ने नियमका कारण शेरीन हेस्कलले संसद्मा आफ्नो कुरा राख्न नपाएकी हुन् । शेरीन राष्ट्रिय एकता पार्टीकी सांसद हुन् ।

    यो पार्टी प्रतिपक्षमा छ । शेरीनले विधेयक ल्याउन चाहेकी थिइन्, यसका लागि पहिले नै उनले सूचना दिइसकेकी थिइन् । मंगलबार उपसभामुख उरिएल बुसोले भाषणको लागि उनको नाम बोलाइन् । जब शेरीन वक्ताको कुर्सीको दायाँपट्टि पोडियममा पुगिन् , उनको घाँटीमा कपडाको फोल्डर वा गोलाकार झुन्डिएको थियो र त्यसमा शेरीनकी छोरी थिइन्। तर शेरीन पोडियममा पुगेपछि बुसोले उनलाई बोल्नबाट रोके। महिला सांसदले यसको कारण सोध्दा उपसभामुखले भनिन्– ‘संसद्को नियमअनुसार मञ्चमा उभिने अधिकार सांसदलाई मात्र छ र तपाईसँग छोरी छिन् ।’

    शेरीनले जवाफमा भनिन्, ‘मैले बच्चालाई स्ट्रलरमा बसाउन लगाएको थिएँ तर उनी निकै सानो छिन् र त्यही भएर चर्को स्वरले रुन थालिन् । त्यसैले मसँग विकल्प थिएन । त्यसै कारण उनलाई झुन्ड्याएर यहाँ ल्याइएको हो ।’ शेरीनको कुरा सुनेपछि उपसभामुखले सभामुख अमिर ओहना र संसद्का कानुनी सल्लाहकारहरूसँग परामर्श गरे। त्यसपछि शेरीनले संसद्को नियमसँग सम्झौता गर्न नसकिने बताइन् ।

    सभामुख ओहनाले भने, ‘म तपाईसँग माफी चाहन्छु तर नियम सबैका लागि समान हो।’ यो देखेर शेरीन अलि रिसाएकी थिइन् ।

    सो क्रममा उनले भनिन, ‘यो कसरी सम्भव छ सांसदलाई नियमको ढाकछोप गरेर विधेयक पेस गर्नबाट रोक्ने ? आखिर बच्चाहरू हाम्रो एक भाग हो। त्यहाँ अनगिन्ती महिलाहरू छन्, जो आमा पनि हुन् र आफ्नो काम वा कर्तव्य पूर्ण जिम्मेवारीका साथ पूरा गर्छन्।’ तर उपसभामुख उनलाई भाषण गर्न दिन तयार भइनन् ।

  • सम्बन्धित विषय:

  • # महिला सांसद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology