Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बलात्कार आरोपमा वडाध्यक्ष धामी जेल चलान

बलात्कार आरोपमा वडाध्यक्ष धामी जेल चलान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १६, २०८० शनिवार • ११:२०:४३ बजे
  • 376
    SHARES
  • बलात्कार आरोपमा वडाध्यक्ष धामी जेल चलान

    बलात्कार आरोपमा पक्राउ परेका दार्चुलाका वडाध्यक्ष कारागार चलान भएका छन् ।

    images

    जबरजस्ती करणी गरेको आरोप लागेका दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिंह धामी पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

    अध्यक्ष धामीमाथि गाउँकै एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो । अदालतको आदेश अनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ ।

    महिलालाई जबरजस्तीकरणी गरेको कुरा बाहिर आएपछि वडा अध्यक्ष धामीलाई गत जेठ २४ गते जिल्ला सदरमुकाम खलंगाबाट प्रहरीले प्रकाउ गरेको थियो । प्रहरीले वडा अध्यक्ष धामीलाई २१ दिन सम्म हिरासतमा राखेर अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो ।

    सरकारी वकिलको कार्यालयले प्रहरीले तयार पारेको मिसिलका आधारमा धामीमाथी अभियोग लगाई अदालत पेश गरेपछि जिल्ला अदालत दार्चुलाले अध्यक्ष धामीलाई तत्काल पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology