Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दाइजोका लागि आमा र २ वर्षीया छोरीको हत्या

दाइजोका लागि आमा र २ वर्षीया छोरीको हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १६, २०८० शनिवार • १२:२६:४९ बजे
  • 505
    SHARES
  • दाइजोका लागि  आमा र २ वर्षीया छोरीको हत्या

    रौतहटमा आमाछोरीको हत्या भएको छ । मौलापुर नगरपालिका-४ पतौरामा २४ वर्षीया कविता देवी र उनकी २ वर्षीया छोरीको हत्या भएको प्रहरीले जनाएको छ । कविताको शव घरभित्रै फेला परेको हो ।

    images

    छोरीको शव भने पंखामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटना पश्चात मृतकका श्रीमान धिरेन्द्र साह, उनका बुवा नागेन्द्र साहलगायत परिवारकासदस्यहरु फरार भएका छन् ।

    ‘मृतकका जेठानी र सासूलाई सोधपुछका लागि ल्याएका छौं,’ जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक वीरबहादुर बुढामगरले भने, ‘मृतकका श्रीमान् अहिलेसम्म फेला परेका छैनन्, उनको खोजतलास गर्दैछौं ।’ घटनाका बारेमा तत्कालै केही भन्ने अवस्था नरहेको र अनुसन्धान पछि मात्रै विस्तृत कुराहरु खुल्ने उनले बताए ।

    तीन वर्षअघि विवाह गरेकी कवितालाई उनका श्रीमानले पटक-पटक दाइजोका लागि यातना दिने गरेको कविताका बुवा विजय शंकर साहले बताए । ‘बिहेपछि दाइजोमा सुनको औठी र सिक्री दिन सकिएको थिएन ।

    ज्वाइ धिरेन्द्रले धेरै पटक छोरीलाई यो विषयमा कुटपिट गरेको थियो,’ साहले भने, ‘आखिरमा दाइजोकै लागि छोरी र नातिनीको हत्या गरेर ज्वाइ फरार भए ।’ घटनाको निष्पक्ष छानबिन गर्दै अपराधिहरुलाई कडा सजाय दिनु पर्ने उनको माग छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology