Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कहाँ-कहाँ छ सडक अवरुद्ध पहिरोले ?

कहाँ-कहाँ छ सडक अवरुद्ध पहिरोले ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १६, २०८० शनिवार • १३:०७:१७ बजे
  • 784
    SHARES
  • कहाँ-कहाँ छ सडक अवरुद्ध पहिरोले ?

    दुई दिनदेखिको वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। लोकमार्गको बुर्तिबाङ–रुकुम खण्डअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–२ जुग्जाखोला नजिकै आज पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

    images

    सडक अवरुद्ध हुँदा बुर्तिबाङदेखि रुकुम र रुकुम, निसीखोला लगायतका ठाउँबाट काठमाडौं, बुटवल, पोखरा लगायतका ठाउँमा जाने यातायातका साधन ठप्प भएका छन्। सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्। अहिले सडक खुलाउने प्रयास भइरहेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जानकारी दिए।

    भारी वर्षाका कारण लोकमार्गको विभिन्न स्थानमा पहिरोले सडक ठाउँ ठाउँमा अवरुद्ध बनेको छ । लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डको विभिन्न ठाउँमा पहिरो जाँदा सडक खुलाउँदै यातायातका साधन सञ्चालन भइरहेका छन्। पहिरोले बर्दघाट सुस्तापूर्व नवपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात अवरुद्ध भएको छ।

    जिल्लाको दलदले–कुमसोत–पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका–५ पाङ्गे्र र पोखरी खण्डमा खसेको पहिरोको कारण यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख गणेश पौडेलले बताए। पानी परिरहेकाले यस खण्डमा तत्काल पहिरो पन्छाएर बाटो खुलाउन समस्या भएको उनले जानकारी दिए।

    नवलपुरको पहाडी क्षेत्रलाई जोड्ने मुख्य खण्ड पहिरोले अवरुद्ध भएपछि दललदलेबाट पहाडी क्षेत्रमा छुट्ने र पहाडी क्षेत्रबाट दलदलेतर्फ छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन्। पहिरोले बाटो अवरुद्ध हुँदा मुख्य राजमार्ग र सदरमुकामसँग पहाडी क्षेत्रको यातायात सम्पर्क टुटेको छ।

    यसैगरी कालिगण्डकी करिडोरको नवलपुरखण्डसमेत पहिरोको कारण अवरुद्ध भएको छ। कालिगण्डकी करिडोरअन्तर्गत बुलिङटार १ र ६ मा पहिरो खसेकाले करिडोर पूर्णरुपमा बन्द भएको प्रमुख पौडेलले बताए। जिल्लाको मुख्य राजमार्ग पूर्व पश्चिम राजमार्गमा भने यातायात सञ्चालनमा कुनै समस्या नरहेको उनले जानकारी उनले दिए।

    यसैगरी गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध भएको छ। अर्घाखाँचीको सन्धिखर्क–६ नरपानीको बहखोरामा गए राति पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए। गोरुसिङ्गे सन्धिखर्क सडकको सन्धिखर्क–६ नरपानीकै दहखोला र शीतगङ्गा १३ कोन्द्रेखोलामा खसेको पहिरो हटाइ सकिएको र बहखोरको सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको उनले बताए।

    सडक अवरुद्ध बनेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने यात्रु बीचमै रोकिएका छन्। नारायणगढ–मुग्लिन सडक खण्डमा ठाउँ–ठाउँमा पहिरो खसेको छ। इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान खसेको पहिरो पन्छाइएको छ। सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो। शनिबार पुनः उक्त क्षेत्रमा पहिरो गएको हो।

    तुइनभिरमा गुडिरहेको कारमाथि शनिरबार बिहान कारमाथि पहिरो खसेको थियो। विभिन्न ठाउँमा पहिरो खसेपछि त्यसलाई पन्छाउने काममा तिव्रता दिइएको छ। माथिबाट ढुङ्गा खस्ने क्रम अझै कम नभएको भन्दै सतर्कताका साथ यात्रा गर्न डिभिजन सडक कार्यालय सचेत गराएको छ।

  • सम्बन्धित विषय:

  • # सडक अवरुद्ध पहिरोले
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology