एसबी सुनार
म भलिबल खेलेर सदा झै साथीहरू संगै बसेर गफगाफ गरी थकाइ नफेरी सरासर कोठामा आई नुहाएर मोबाइल हेरिरहेको थिए । अचानक मैले मेरो साथिलाई अनलाईनमा देखे प्रायः हामी अनलाईन मै हुन्छौं । उहाँ र म खासै अपरिचित र टाढाको मान्छे पनि होइनौं । मैले उहाँलाई एक शिक्षित र सबै बुझेको दलित समुदाय भित्रको सशक्त युवाको रूपमा बुझ्ने गरेको थिए । कुरो नगरेको पनि धेरै दिन भएको थियो । तर आज मलाई कल गर्न मन लाग्यो । अनि कल गरे उहाँले पनि तत्काल उठाउनु भयो र मैले नमस्ते सर भने उहाँले पनि नमस्ते फर्काउनु भयो । संयोग पनि यस्तै परेको उहाँको जिल्ला समेतलाई ईन्डियाले आफ्नो नक्सामा हालेर अखण्ड भारत भन्ने नक्सा सञ्चार माध्यममा खुब प्रचार भएको थियो ।
अनि मलाई पनि मनमा त्यही भन्न आयो सर के छ खबर ? हजुर टाढाटाढा हुदै आज भोलि त ईन्डियाको नक्सासम्म पुग्नु भयो भने उहाँले पनि हाँस्दै हल्ला तेस्तै छ भन्नु भयो । एक छिन मजाक गरियो अनि उहाँले आफ्नो मान्छेलाई बिदेश होटल म्यानेजमेन्ट पढाउन खोजेको कुरो राख्नु भयो ।अनि मैले भने सर आजभोलि सरकारले दलित महिलाहरुको लागी बिभिन कार्यक्रम ल्याएको हुन्छ । बुझ्नु न भने अनि मेरो साथी जो एस समाजबादीको नेता हुनुहुन्छ । उहाँले आफ्नो छोरा छोरिलाई नगरपालिकाको कार्यक्रम बाट राम्रो सुबिधा मिलाएरको कुरो सुनाए। अनि उहाँले हल्का कथन सुनाउनु भयो के गर्ने सर नेपालमा नेताहरु खराव भए आफू कसरी सम्पन्न हुने भन्ने मात्र सोचाइ राख्छन् । सरकारले भने बमोजिम दस्तुर कर तिर्नुपर्छ । तर सरकार बाट केही सुबिधा पाइदैन ।
यो सम्झदा त नेपालमा बस्नै मन लाग्दैन । अनि मैले भने सर यस्तो कार्यक्रम सुबिधा कम हुन्छ । अहिलेको अबस्थामा जो राजनीतिक पार्टीको नजिक हुन्छ । उनीहरुलाई पहिला थाहा हुन्छ। ऋनि आफ्ना मान्छे समाबेश गर्छन । त्यसैले के भैरहेको छ भनेर राजनीतिमा चासो दिनु पर्छ अनि देश कस्तो बनाउने भन्ने पनि राजनीतिले नै निर्धारण गर्ने हो । हुन त हो सर तर राजनीति प्रति मलाइ रुचि छैन । बरु आनन्दले काम गर्यो । आफ्नो परिवारको ख्याल राख्यो बस्यो । अनि मैले भने असन्तुष्ट किन नि सर ? तपाइँ जतिको बुझेको युवा जब बोल्नु हुन्न राज्यको निति प्रती चासो दिनुहुन्न भने रुपान्तरण सम्भब छ त ? आज भोलि पर्याय सामाजिक संजालमा देख्छु ।
सचिनका बुवा कलौते भन्ने अनि भेलु बाजे र अघोरी बाबाको अन्तरबार्ता चार मिलियनले हेरेको हुन्छ । अनि त्यही आधारमा आफ्नो बिचार बनाएर बिरोधमा उत्रिएको हुन्छ यति भन्दै गर्दा उहाहरुलाई नराम्रो भन्न खोजेको होइन । उहाहरुको गीत मनोरञ्जनात्मक कार्यक्रम सुन्न सकिन्छ । तर एक देश बनाउने नेताको अन्तरबार्ता कमै मान्छेले हेरेको हुन्छ । देश बनाउने बहालवाला प्रधानमन्त्रीलाई मुद्दा हालेकोमा खुसियाली मनाइन्छ । अनि बिकास परिबर्तन सम्भब छ त सर ? उहाँले भन्नु भयो जति बोले पनि तेस्तै हो सर केहि हुदैन । माओबादी त्यस्तो युद्ध गर्यो त्यती धेरै गरिबको छोराछोरी मार्यो आखिर अहिले सत्तामा आएर के ग¥यो ? दलित गरिबको अबस्था जहाँको तेहि छ । भ्रष्टाचारको सुरुवात गर्ने माओवादी हो । किनकी हिजो युद्धको बेलादेखि बैंक लुट्न, धनी मान्छेको सम्पत्ति लुट्न माहिर थिए । अहिले सत्तामा आएपछि उनीहरूलेनै धेरै लुटेका छन । भ्रष्टाचारको पनि धेरै बढेको छ ।
अनि मैले भने सर यो हजुरको हेराइमा र बुझाइमा होला तर मेरो बुझाइ फरक छ । सर इतिहासमा रुपान्तरणका लागी भएका हरेक आन्दोलनलाई सम्मान गर्नु पर्छ । त्यसैले त आज हामी यहाँ छौ माओवादी आन्दोलनको त झन इतिहासमा छुट्टै महत्व छ । २०४ बर्षसम्म रैती बनाएर राख्ने राजा जहा सार्वभौमसत्ता आफ्नो हातमा लिएर आर्थिक, सामाजिक, राजनीति सबै क्षेत्रमा निरंकुश एकात्मक सत्ता लाड्ने राजा कसरी ठिक हुन सक्छ ? समाजिक रुपमा कति विभेद थियो जो दलितहरुलाइ मान्छे नभई पशु– सरहको जिबन जिउन बाध्य बनाएको थियो । स्कुलमा अरु समुदायको विद्यार्थीलाई अगाडी बेन्चमा राखेर दलितको विद्यार्थीलाई पछि भुइँमा राखेर सरहरुले नछोइकन पढाउनले गर्थे । तल माथि गरे कति कठोर सजाय दिन्थे यो त तपाइँ हामीले समेत भोगेको हो । हामिलाइ पढ्न निरुत्साहित गरिन्थ्यो । तर आज त कोहि जन्मजात राज्यको ठुलो तहमा रहने भन्ने हुदैन । मसिना बच्चाहरुलाइ खाजा नास्ता दिएर प्रोत्साहन र सम्मान संग पढ्न त पाएका छन ।
आथिक क्षेत्रमा हामी दलितमाथी पुरै प्रतिबद्ध दमन थियो ।राज्यको राम्रो राम्रो ठाँउको जमिन उनीहरुले बिर्ता स्वरुप पुरै कब्जा गरेका थिए । हामी बाच्नको लागी सदा उनीहरुको त्यो जग्गा जमीनमा काम गर्न पर्ने यो त साँचो होनि आज पनि कसैले बिदेश आएर किनेको होला नत्र दलित गरिब को घर घाम नपर्ने कुनामा उत्पादन नहुने भिरमा दिएर उर्बर भुमि त सबै राजाका खलकले कब्जा गरेको पनि हामिले देखेका भोगेका छौ । आज पनि १२ % भएको समुदाय बाट ८० % कर्मचारी क्षेत्रमा छन । हामिलाइ सामाजिक सास्कृतिक रूपमा बहिष्कार गरेर राख्ने पनि उनीहरु नै हुन । अनि हरेक क्षेत्रमा यसरी राज गर्ने राजा कसरी भ्रष्टाचारी भएन ।
माओवादी आन्दोलन सफल नभएको साचो हो । यो आन्दोलनलाई भ्रष्टाचारको आरोप लगाउदै गर्दा जो इमानदारी पुर्बक रुपान्तरणको लागी बलिदान गरे । जो इमानदारी संग आन्दोलनमा छन । उहाहरुलाई अन्याय होलानी सर आन्दोलन असफल हुनु नै प्रतिगामी शक्ति आगाडी आउनु हो । भएको उपलब्धि गुमाउनु हो । त्यसैले हामी कस्तो आन्दोलनलाई साथ दिने निर्णय आफैमा छ । अनि उहाले भन्नु भयो कतिपय परिबर्तन त आफै पनि हुन्छ । पहिला सबैले राम्रो कुरा गर्छन । आज हेर्नु त घाइते, शहीदको छोराछोरी श्रीमतिको अवस्था कस्तो छ ? अनि मैले भने सर हरेक परिबर्तन बल बलिदानको माग गर्छ । इतिहासमा यस्तो धेरै भएको पाइन्छ ।
हिजो राणा विरुद्ध गंगलालहरुले त्याग नगरेको भए पन्चायत, निरंकुश राजतन्त्रको विरुद्ध हजारौं मान्छे मर्न तयार नभएको भए आजको यो अवस्थामा हामी हुने थिएनौं होला । आन्दोलन असफल हुनुको कारण नै सहिद परिवार घाइतेहरुले दुख पाउनु भएको हो । मेरो बुझाइमा मैले यति भनेपछि फेरि प्रश्न गरे त्यसो भए परिबर्तनको लागी तपाइको विकल्प के त सर ? उहाँले बालेनको, ललितपुरका, धरानका मेयरको उदाहरण दिनुभयो त्यसपछि मैले भने उहाहरुलाइ मैले चिन्दैन ।
उहाले भन्नुभयो राम्रो मान्छेलाई कहाँ चिन्नु हुन्छ । हजुरले अनि मैले भने राम्रो काम कुन अर्थमा भन्नु भयो ? बाटो बनाए अरु बिकाश गरेका छन । अनि मैले भने यो काममा त सहमत छु । तर यतिले मात्र पुग्छ त हामिलाइ जो दलित भनिएको समुदायलाइ हाम्रो समाजले अझै पनि मान्छे भनेर स्वीकार गर्दैन अछुत भन्छ । पानी चल्दैन कथित ठुला भनिएका जात संग बिहे गरेकै कारण रुकुममा त्यस्तो नरसंहार भयो । बेनिमा प्रभात बोसेललाई जेल हालियो । यी घटना प्रतिनिधिमुलक हुन दुर दराजमा अवस्था कस्तो छ ?हामीलाई मान्छे बनाउने या सामाजिक रुपान्तरणको लागी उनीहरुको धारणा के छ सर ? उनीहरु त सभ्यता मुल्य मान्यता जोगाउने भन्छन । तर हामीलाई सदैव कामी , दमाई, सार्की बनाएर राख्ने अनि यही कामको हामीले ताली बजाउनु पर्ने अनि उहाले भन्नु भयो ।
आज भोलि यस्तो विभेद छैन बिस्तारै सबै कम हुदै जान्छ आफै सक्षम हुदै जानु पर्छ भन्नु भयो । अनि मैले भने हजुरको कुरो ठिकै हो तर मेरो बुझाइमा मानिसको सामाजिक जिबनमा उसको सास्कृतिक मुल्य मान्यता भाषा आदि अमुल्य सम्पत्ति रहेछ । हामी जतिसुकै सक्षम करोड पति भएपनि हामिलाइ दुइ शब्द कामी, दमाई जो शब्द सामु कुनै अर्थ राख्दैन रहेछ । हामी अपहेलित हुनुको कारण पनि यही होला । दलित समुदायको भन्दा बित्तिकै आर्थिक स्थिति कम्जोर भएको कुनै सस्कार रितिरिवाज सास्कृतिक मुल्य मान्यता परम्परा ज्ञान नभएको पशुको जस्तो आदि परिचयले चिन्ने गर्दछ्न । बरु मर्न मार्न तयार हुन्छ । दलित समुदायलाई प्राय स्वीकार्दैनन् । हामी मान्छे हुनलाई परिवर्तनको पक्षमा उभिने या सधै कामी, दमाई भएर बस्ने कुरो यो हो आफ्नो अधिकारको मुक्तिको लागी राजनीति आन्दोलन बुझ्न जरुरी छ । अनि उहाले भन्नु भयो हुन त हो सर तर पनि मलाई यो राजनीति अति घृणित खेल लाग्छ । हजुरले अलि बुझ्नु भाछ र हो मैले त्यती बुझेकको पनि छैन बुझ्ने पनि छैन । कसैले राम्रो ग¥यो भने जो भएपनि राम्रो भन्ने हो दुख नगरी खान पुग्दैन के गर्नु सर ।
त्यो त आ आफ्नो रुचि हो सर म पनि त्यस्तो नेता त होइन रुपान्तरणको लागी केहि गर्नु पर्छ भन्ने धारण मात्र हो एति भन्दा बित्तिकै मोबाईल पनि अफ भयो चार्ज पनि सकिएछ घडी हेर्दा १० बजिरहेको थियो । मलाई धेरै बोले जस्तो लागेको थियो । उहाले कल ब्याक गरेको मैले रिसिभ गर्न भ्याइन म किचनमा थिए । एक म्यासेज छोडेर अफ हुनु भाको रहेछ सर यो विषयमा जानकार छैन अन्यथ नलिनु होला अनि ओके सर लेखे उहाँ मेरो साथी धेरै समय कुरो गरियो अरु समय उहाँ र मेरो कुरो सधै राम्रो रमाइलो हुने गर्थ्यो तर आज अचानक सन्दर्भ परिबर्तनको चल्यो त्यती रमाइलो भएन ठिकै छ केहि समय पहिला काठमाडौं देखी घर जाने बेला गाडीमा मेरो छेउमा बस्नु भएको हर्कबहादुर दाइले गाडीमा गफ गर्दै जाने क्रममा भन्नु् भएको थियो । नेपालमा हाम्रो दलित समुदायका अलि पैसा हुने अलि पढेलेखेका ताथा बाथा मान्छे आफैमा सामान्ती छन अनि दरपोक छ अनि बिचार बिहिन मुर्ख छ । नेपालमा परिबर्तन अधिकार धेरै मात्रामा हामिलाइ चाहिएको हो । तर नेपालमा हुने हरेक अग्रगामी आन्दोलमा नेतृत्व भूमिकामा प्रयाय पढेलेखेका कोहि अगाडि बढेको पाइदैन अनि पछि शान्ति भएपछि अधिकार माग्छन् भएन भन्छन् कहाँ पाउनु अधिकार मागेर होइन लडेर ल्याउउने हो आन्दोलनमा कोहि बोल्दैनन् ।
माओवादी आन्दोलनमा पढेलेखेका दलित सहभागी भएको भए आज कति मन्त्री हुन्थे कार्यक्रम ल्याउथे हामी जस्तो लेखपढ नभएको मान्छे दलित अधिकारको लागी माओवादीमा सहभागी भए धेरैले बलिदान गरे । तर नेतृत्व गर्ने बेला सक्षम दलित भएन । सबै नेतृत्व भुमिकामा ठुलो जातको मान्छे भए अनित हामी पछि परेको हो। हिजो आन्दोलनको बेला माओवादी आन्दोलन लाई सराप्ने मान्छे अहिलेआएर तिनै मान्छे फेसबुकमा विभेद भयो अन्याय भयो भनेर रुन्छन कराउछ तर न्याय अधिकारको लागी बिद्रोह गर्ने हिम्मत गर्दैन भन्नुभएको थियो । उहा पनि जनयुद्धमा सहभागी हुनुभएको रहेछ उहाको कुरो पनि सबै ठिक हो भन्न मिल्दैन किनकि दुइ हजार तीन नेर राणा कालमा ईन्डियामा पढेर आएपछि बाग्लुङका सर्बजीत बि क ले गर्नु भएको बिद्रोह आफैमा महान छ । संगै विभिन्न कालखण्डमा विभिन्न आन्दोलन र जनयुद्धमा पनि जति हुनुपर्ने थियो त्यती नभए पनि धेरै पढेलेखेका दलितहरुको पनि सहभागी भएका हुन बलिदान पनि गरेका हुन केका लागी मुक्ति र रुपान्तरणको लागी , दलित समुदाय लाइ मान्छे बनाउनको लागी तर दुःखद कुरो हरेक आन्दोलन ,संघर्ष एक तहमा हुने र फेरि सम्झौतामा गएर कसैको फाइदाको लागि फेरि पुरानै अवस्थालाई काएम राख्ने मान्छेलाई अधिकार बाट बन्चित बनाउने एक किसिमको अस्थिर स्वार्थी राजनीति पनि मुख्य कारण हो । जब सम्म सम्पुर्ण दलित समुदाय अग्रगामी राजनीतिको पक्षमा उभिन सक्दैन नेतृत्व र निति निर्माण गर्ने ठाँउ पुग्ने साहस गर्दैन तब सम्म मुक्ति , अधिकार, न्यायको कुरो कल्पना मात्र हुनेछ । हुनत विभिन्न कालखण्डमा विभिन्न ब्यबस्था परिवर्तन भएको छ। अब अवस्था परिवर्तन गर्नु पर्छ भन्नेहरु छन कोहि यो भन्दा निरंकुश राजतन्त्र ठिक भन्नेहरू छन तिनीहरु नेपालको इतिहास नबुझेका हुन! या पागल फटाहा हुन ।
किनकि यहाँ ब्यबस्था फेरिएको भए मान्छेको जनजीवनमा आर्थिक, सामाजिक, राजनीतिक अबस्थामा अबस्य परिबर्तन आउने थियो गरिबी ,बेरोजगारि , अधिकार बिहिन समस्या त छँदैछन् अझै समाजमा अछुत बनाएर सामाजिक रुपमा बहिस्कृत लाचार बनाएर राखिएका मान्छेहरुको जिबन हरेक मिनेट हत्याहिंसाको सिकार अपमान ,लाचार , शोषित गरिबी बन्नु परेको छ । उनीहरुको अधिकार खुशी संग मृत्युको जोडिएको छ । त्यसैले यो देशमा मान्छे भएर जिउनको लागि यो देशको सार्बभौमसत्ता सम्पन्न जनता बन्नको लागि ठुलो सास्कृतिक रुपान्तरणको आँधी हुरी चलाउन जरुरत छ । यस्तो हावा हुरि विभिन्न कालखण्डमा नेपालमा नचलेको पनि होइन तर ती सबै अरुको स्वार्थको लागी चले हाम्रो समाज जात ब्यबस्थामा आधारित समाज हो हरेक जातीको संरचनामा विभेद छ । उपर जातको मान्छेले तल्लो जातको मान्छेलाई स्वीकार्दैन समाजमा प्राय मान्छे सामान्ती सोच बाट ग्रसित छ।
नेपालमा बिगत लामो समय देखी दलित आन्दोलन सुचारु छ । कोहि छ विभिन्न राजनीति दलले आन्दोलनको बेला आफ्नो नजिकको संगठन मान्ने विभिन्न सपनाहरू देखाउने जब सत्तामा पुगेपछि फेरि दमनकारी निति बनाउने या कुनै परिबर्तनको मुद्दालाई ओझेलमा पार्ने गरेको पाइन्छ । दलित समुदायको मुक्तिको लागी समय आन्दोलन संगै यही समाजमा सबैको अधिकार बराबरी हुनुपर्छ सबै मान्छेको हैसियत समान हुनुपर्छ । सबै मान्छे हो भन्ने प्रगतिशील मानिसहरुको पनि कमि छैन यस्तै मान्छेहरूको बिचबात जनयुद्धको थालनी भएको थियो सबैको समानता, अधिकार, न्यायको लागि सबै प्रगतिशील मान्छेहरुले बलिदान गरेका थिए आर्थात द्लित समुदाय पनि मान्छे हुन पाउनुपर्छ भनेर बाहुन समुदायको मान्छेले पनि जनयुद्धमा रगत बगाएको कुरो सत्य हो । यहीँ जनयुद्ध दबाउन या गरिब र दलित समुदायले अधिकार , न्याय , समानताको कुरो गर्न हुन्न भन्नेहरू गणतन्त्र आएपछि अहिले धेरै क्रान्तिकारी बनेको र उनीहरुको पछि तमाम दलितहरु अधिकारको भिख मागिरहेको पनि सत्य हो ।
सुन्ने गरिन्छ हजारौं बर्ष पछि समुद्र भएको ठाँउमा मरुभूमि र मरुभूमि भएको ठाँउमा समुद्र हुन्छ रे जबसम्म दलित समुदायले समय संगै आफ्नो आन्दोलनको शोरुप बदल्न सक्दैन र आन्दोलन प्रति आफ्नो दृस्ठिकोण बनाउन सक्दैनन तब सम्म मुक्ति सम्भब छ जस्तो मलाई लाग्दैन मात्र जो लगभग ८० साल सम्म हाम्रो समस्याको समाधान गर्न सक्दैन हामी मुक्त हुन सक्दैनौ तिनै मान्छेहरुलाइ सत्तामा पुराउनको लागी फेरि भर्र्याङ् बाहेक अरु केहि नया होला जस्तो मलाई लाग्दैन मान्छेहरुमा जागरण चलाउनु राम्रो हो । केहि सोतन्त्र दलित आन्दोलन भन्नेहरु या अन्यले प्राय बाहुन समुदायलाई गाली गलोज गरेको पाइन्छ अर्थात उनीहरु खराव भनेर चित्रण गरेको पाइन्छ र आफू बडो महान अभियानता बनेको पाइन्छ हुनत हिजो उनीहरुलको राज्य , धार्मिक दुबै सत्ता बात धेरै दमन गरिएको हो। अझै पनि छ यो साचो हो आज आएर यो विभेद अन्यायको समाधान उनीहरु प्रतिको खरो टिप्पणीले मात्र हुनेवाला पनि छैन होला । आज पनि दलित समुदायको अधिकार् समानता पाउनु पर्छ भनेर आन्दोलनमा होमिएका थिए दलित आन्दोलन लाई दबाउनु पर्छ भनी गोलि ठोक्न लागाउने पनि बाहुन , क्षेत्री, ठकुरि थिए भने दलित समुदायले अधिकार पाउनु पर्छ भनेर बलिदान गरेका बाहुन क्षेत्री तमाम अपर समुदायको लागी पनि शोभनीय नहोला होला स्वतन्त्र बिद्रोह आन्दोलन भन्नु हुन्छ । त्यो बिद्रोह कुन उचाइ सम्म पुर्याउने बिद्रोह गरेपछि जनयुद्ध भन्दापनी अझै उचाईको बिद्रोह हुन पर्यो किनकि जनयुद्धले दलित आन्दोलनलाई एक उचाइमा उठाएको थियो त्यसो गर्ने अहिले त्यस्तो नेतृत्व दलित समुदायमा बिकाश भएको छ जस्तो पनि लाग्दैन । त्यस्तो गर्ने अवस्था पनि अनुकुल छ जस्तो मलाई लाग्दैन नेपाल जहा जात ब्यबस्थामा आधारित समाज यहा विभिन्न बहानामा मान्छेहरूलाई हरेक जातको बर्गको, लिङ्ग आधारमा तल माथी गरि विभिन्न किसिमको विभेद गरिएको छ। हामी सबैले भोगेको कुरो हो। आर्थिक सामाजिक राजनीतिमा अलि धेरैनै पछी पारी दमन भएको भने साचो हो ।
हामी भन्ने गरिन्छ एक्काइसौं शताब्दीमा पनि जातीय विभेद भयो भनेर भनिन्छ तर यसको समाधान हामी एक्काइसौं सताब्दी अनुसार खोज्दैनौ अब दलित समुदाय दलित भएर बस्ने रोइ कराइ गरेर अधिकार मागेर बस्ने समय होइन अब मान्छे भएर राज्यको निति निर्माण गर्ने ठाँउमा पुग्न सक्ने नया बिचार सहितको आन्दोलनको लागी नयाँ बहसको जरुरी छ । चरम निरंकुश राजतन्त्रको शासन बाट गुज्रिएको त्यो अबस्था बात देशलाई माथी उठाउनु पछि परेका समुदाय माथी उठाउनु इतिहासमा माओवादी आन्दोलन अर्थात जनयुद्धको अतिनै ठुलो भुमिका छ ।जनयुद्ध जुन तार्किक गन्तव्यमा पुग्नुपर्ने थियो पुग्न सकेन यदि पुगेको भए आज छुट अछुत भै समाजमा मान्छे बन्नको लागी अधिकारको मागिरहेनु पर्ने थिएन जन युद्धमा हरेक हिसाबले हरेक मुद्दा भुइँ मान्छे गरिबको पक्षमा थियो जहाँ कोहि जन्मदै करोड पनि हुने कोहि गरिब हुनुपर्ने अवस्था थियो एकाथरी मान्छे देशको साधन श्रोत प्रयोग गरेर पुस्तौ पुस्ताको लागी सम्पत्ति थुपार्ने अर्का तिर मान्छेहरु आजिबन कठोर संघर्ष गर्दा पनि हात मुख जोड्न हम्मे हम्मे हुने कोहि मालिक कोहि नोकर हुने ब्यबस्थाको अन्त्यका लागी भुमि सम्बन्धि नया निति थियो मान्छेलाई आवस्यक सम्पत्ति बाहेक सबै सम्पत्ति राज्य कारण गरि गरिखाने बर्गको लागि या सबैको समान हैसियत समान शिक्षा, स्वास्थ , अबसर दिने तिनै पछि परेका समुदायलाई राज्यको निति निर्माण गर्ने ठाउमा पुराउने जस्ता जुन निति थियो पुरा हुन सकेन जनयुद्ध सम्झौताको बाटो बात अगाडि बढाउने निर्णय भयो तब सबै मुद्दा ओझेल पर्दै गए जबपुरानो संसदीय ब्यबस्था मान्ने र सुनौलो जनबाद हुदै समाज बादमा जाने दुइ बिचारको बीचमा सम्झौता गरि नया संसदीय ब्यबस्था हुदै समाजबादमा जाने भनी परिकल्पना गरियो आज यो ब्यबस्थानै सबैको लागि समस्याको विषय बनेको छ। लागु भएको पनि आज १५ / १६ बर्ष भयो देशले जुन छलाङ मार्नु पर्ने हो त्यो हुन सकेन मान्छेको जिबन स्तर जहाको तेहि छ। तमाम बेथिति ,भ्रष्टाचारको दल दलमा फसेको छ स्वाधीनता माथी नै प्रश्न खडा भएको छ ।
न्याय अधिकार निश्चित मान्छेको लागि मात्र भएको छ । सत्ता बाहिर रहदा बाघ र सत्तामा हुदा स्याल बन्नुपर्ने यो पुजीवादी दलाल संसदीय ब्यबस्था आफैमा असफल बनेको छ । आर्थिक रूपमा पुरै खोक्रो बनेको छ कर्म कर्मचारीलाई तलब खुवाउने अवस्था छैन उत्पादन र आत्मनिर्भर मुखी अर्थतन्त्र र सस्कार नभएर पुरै दलाल मुखी छ । बेरोजगारको कारण पढेलेखेका युवा युवती नेपालमा बस्ने स्थिति छैन । अझै कुनै नेताले पानीजहाज रेलको कुरो गर्छन् तर यहा दुर दराजमा गरिब , दलितका छोरा छोरिले लेख्ने कपि कलम नभएर लेखपढ गर्न पाएका छैनन् । सामाजिक रूपमा गरिब , दलित समुदाय माथी अझै विभेद अन्याय शोषण दमन तीब्र छ । बिहे गरेको कारण माया प्रेम गरेकै कारण मान्छे मर्नु परेको छ । कतिपय बिधालय सरकारी कार्यालय मा समेत दलित कर्मचारीलाई जातीय विभेद छ ।कतै पानी छोइदिएको निहुमा मारिएका छन काम गरि खाने गरिब दलितको हातमा जमिन छैन बेरोजगार छन समाजमा अरु थुप्रै बिकास भए पनि दलित समुदायलाई अधिकार दिनु पर्छ भन्ने पक्षमा भित्री रूपमा समाज नत कुनै पनि स्थानीय निकाए कोहि पनि छैन कुनै नेता यो बिभेद्को बेथितिको अन्त्य गर्नु पर्छ भनेर बोल्न सक्ने अवस्था छैन यदि बोलेमा उसको राजनिती तेहि आएर अन्त्य हुने निश्चित छ । कोही गरिब अर्थात दलित समुदाय बात चुनाब जितेर निति निर्माण गर्ने ठाँउमा पुग्न सक्ने अवस्था पनि छैन । कोहि स्वतन्त्रले ज्युने अवस्था छैन । राजनीतिमा पनि समानुपातिक समाबेशीले हावा खाएको छ ।
एकै मान्छे नमर्दा सम्म प्रधानमन्त्री भइरहनु पर्ने शक्तिमा भएकालाई बारम्बार मन्त्री बन्नु बाहेक अरु प्रगति छैन यत्रो बर्ष सम्म दलित समुदाय बात एक सचीव बन्न मुस्किल छ । राज्यको निकाय , ब्यापार , हरेक क्षेत्र एकल जातीय कब्जामा छ । निति नेतृत्वमा दलितको समाबेश कति छन हेर्न सक्छौ जुनसुकै पार्टीले दलित समुदायलाई कति टिकट दिन्छन् त्यो पनि हेर्न सक्छौ टिकट पाएपछि एक गरिब दलितलाई चुनाब जितेर नीति निर्माण गर्ने थाउमा पुग्न कति चुनौती छ। त्यो पनि राम्ररी बुझ्न् सक्छौ दलित समुदाय बात निति निर्माण गर्ने थाउमा धेरै प्रतिनिधित्व बिना हाम्रो मुद्दाको सम्बोधन पनि हुने कुरो भएन माओवादी आन्दोलनको रापताप जति सेलाउदै गयो तेतिनै यो ब्यबस्था फेलहुँदै गएको छ । यही अबस्थामा हामीले हाम्रो मौलिक अधिकार सार्बभौमसत्ता हामिमा निहित छ भन्न सक्ने अवस्था छैन दलाल भ्रष्टाचारको लागी अझै राम्रो होला तर गरिब दलित समुदायको लागी ठुलो असफता हो । यो ब्यबस्था आफै क्यान्सर भएर लडीरहेको अवस्था छ तर केहि मान्छेहरु मुटु नाडी छामेर ठिक छ भनिरहेका छ । जो राजनितिमा नया गर्छौ भन्नेहरु पनि यो क्यान्सर लाएको ब्यबस्था हामिले उपचार गरेर ठिक गर्छौ भन्नेहरु पनि सांसदको रोस्ट्रममा उभिएर अरु धेरै ठुला ठुला कुरो गरे तर दलित समुदायले मान्छे भएर ज्युन पाउनु पर्छ भनेर अधिकार न्याय पाउनु पर्छ भनेर बोलेको समेत सुन्न पाइएन सूनिन्छ पनि कसरी जुन ब्यबस्था गरिब , दलित पछी परेकाका समुदायको पक्षमा छैन त्यही ब्यबस्था राम्रो भन्नुभएको छ ।हामी सत्तामा आए चमत्कार हुन्छ भनी गलत प्रचार गर्नु भएको छ। यो ब्यबस्थाको चरित्रनै यस्तै हो अझै हामी पनि यही ब्यबस्था लाई ठिक छ भनेर रोइ कराइ अधिकारको भिख मागिरहनु कहाँ सम्म जायज होला पुरानो सामन्ती सत्तालाई बिदाई गरि गणतन्त्र स्थापना गर्न जनयुद्धको महत्त्वपूर्ण भुमिका छ।
जनयुद्धलाई त्यो उचाइमा पुराउन सबै पछि परेका समुदाय गरिब ,दलित ,महिला सबैको कयौं सपना संगै त्यतिनै ठुलो मात्रामा बलिदान र पसिना पनि बगेको हो । तिमि संग मिलेर दुनियाँ र जित्ने मन थियो तिमि अर्कै संग मिलेर मलाई हरायौ टिकटकमा सुनेको यो लाइनले अतिनै मन छोएको थियो हिजो दलित समुदाय बात जनयुद्धमा सहभागी भइ बलिदान गर्नेहरुको या सबै योद्धाहरुको सपना यस्तै थियो जहा आफ्नो समुदायलाई मुक्ति गराउने या एक्काइसौं शताब्दीको मान्छे बनाएर दुनिया जित्ने यस्तै सपना महिलाको हकमा थियो थारु , जनजाति मधेसी, गरिब सबैको हकमा यस्तै सपना थिय तर आज माओवादी आन्दोलन कयौं नेतृत्व एकाएक नब सामन्तमा रुपान्तरण हुँदा र यो दलाल पुजीवादी संसदीय ब्यबस्थामा रुमालिए पछी भ्रष्टाचार गरि सम्पनी थुपार्ने भएपछि उनीहरु संग मिलेर ती दुनियाँ जित्ने सपनालाई हराउदै गर्दा आज कयौं युद्ध मोर्चामा नहारेको आत्मबल ती साहस मुल्यहिन बनेका छ । जनयुद्ध बात स्थापित हक अधिकार मुल्य मान्यता गुम्दैछन समाज फेरि पुरानै अवस्था तिर दोहोरिएको छ पक्कै पनि फेरि एक दिन यी सपना आदि बेहरीमा रुपान्तरण हुने छन सहिदको सपना नया उचाइमा उठाउन अनिवार्य छ ।समाजमा जात , बर्ग , धर्म जस्ता विभिन्न बाहनामा बिभाजित गरि मान्छेलाई विभेदको सिकार बनाइएको छ । यसको अन्यको लागि जबसम्म हामी माक्र्सवादी बन्दैनौ या प्रगतिशील शक्ति एक भएर बैज्ञानिक समाजबादको लागी संघर्ष गर्दैनौं तबसम्म मुक्ति असम्भव छैन । देशको तमाम समस्याको समाधान र बिकास र समृद्धिको लागी पनि समाजबादी ब्यबस्थाको आवश्यकता छ । जहा गाँस, बास शिक्षा , स्वास्थ्य रोजगार मौलिक हकमा पर्नेछ दुईवटा शिक्षा हुने छैन धनी गरिब नभई सबैको समान हैसियत कुनै अन्तर जातीय बिहेगर्दा मारिनु नपर्ने सहिष्णुता सहितको वर्गीय ,जातीय क्षेत्रीय लिङ्गीय हरेक विभेद शोषण दमन मुक्त समाज बन्नेछ ।