Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

शानदार जितसँगै नेपाल फाइनलमा

शानदार जितसँगै नेपाल फाइनलमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १८, २०८० सोमवार • १४:२६:४० बजे
  • 835
    SHARES
  • शानदार जितसँगै नेपाल फाइनलमा

    नेपाल एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ । मलेसियामा जारी खेल अन्तर्गत आज भएको सेमिफाइनलमा नेपालले सिंगापुरलाई ९७ रनले हराउँदै फलाइनलमा प्रवेश गरेको हो ।

    images

    आजको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेटको क्षतिमा १८४ रन बनाउँदै सिंगापुरलाई उक्त लक्ष्य दिएको थियो ।

    नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ दशमलब ३ ओभरमा ८७ रन बनाउँदै अलआउट भयो। सिंगापुरका लागि ओपनर रोशन रविचन्द्रनले ३७ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २४ रन बनाए ।

    कबिरले १५ बलमा २ चौकाको सहयोगमा ११ रन बनाए । सिंगापुरका अन्य १० ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    नेपालका लागि कृतिक कामतले ३ तथा सन्तोष यादव, अभिषेक तिवारी, नरेन भट्ट, प्रतिक पोखरेल र अशोक धामीले समान ११ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनायो । उपाधिका लागि नेपालले मलेशियासँग प्रतिस्पर्धा गर्नेछ ।

  • सम्बन्धित विषय:

  • # जितसँगै नेपाल फाइनलमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology