Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अर्घाखाँचीमा पहिरोले पुरिँदा ३ बालबालिकाको मृत्यु

अर्घाखाँचीमा पहिरोले पुरिँदा ३ बालबालिकाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १९, २०८० मंगलवार • ११:१२:५४ बजे
  • 742
    SHARES
  • अर्घाखाँचीमा पहिरोले पुरिँदा ३ बालबालिकाको मृत्यु

    अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ।

    images

    पाणिनी गाउँपालिका–१ पणेनाको गोगनपानीमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको ज्यान गएको वडाअध्यक्ष कमल प्रसाद पोखरेले जानकारी दिए।

    मृत्यु हुनेमा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु रास्कोटीको मृत्यु भएको वडाअध्यक्ष पोखरेलले जानकारी बताए। पहिरोमा परि सचिन रास्कोटी सामान्य घाइते भएका छन् ।

    उनको उद्धार गरेर पाल्पाको मिसन अस्पताल पठाइएको छ। घटनास्थलमा प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन्। तीन वटा शव निकालिएको प्रहरीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # ३ बालबालिकाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology