Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालले दियो मलेसियालाई २५३ रनको चुनौतीपूर्ण लक्ष्य

नेपालले दियो मलेसियालाई २५३ रनको चुनौतीपूर्ण लक्ष्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १९, २०८० मंगलवार • ११:१६:१२ बजे
  • 562
    SHARES
  • नेपालले दियो मलेसियालाई २५३ रनको चुनौतीपूर्ण लक्ष्य

    एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई २५३ रनको चूनौतीपूर्ण लक्ष्य दिएको छ । नरेन भट्टको शतक मद्दतमा नेपालले मलेसियालाई जितका लागि चुनौतीपूर्ण लक्ष्य पेस गरेको हो ।

    images

    टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा पूरै ३५ ओभर खेल्दै २५२ रन बनायो । नेपालका लागि नरेन भट्ट एक्लैले ८९ बलमा सर्बाधिक अविजित ११२ रनको योगदान गरे ।

    उनले १० चौका र दुई छक्का मद्दतमा ११२ रन बनाए । यस्तै, नेपालका लागि निरजकुमार यादवले ४७, सन्तोष यादवले २६, सूर्यांशु कोइरालाले १८, अशोक धामीले ११, दिपु कुमारले ५, क्याप्टेन अभिशेक तिवारीले ४, आशिष लुहारले २ र प्रतिक भट्टराईले एक रन बनाए । नेपालले २६ रन एक्ट्रा पायो ।

    मलेसियाका मोहम्मद अकरमले तीन तथा हजिक हाइकल, अरिन अक्ल र मुहम्मद फथुल मुइनले समान एक/एक विकेट लिए । उमेर समूहको क्रिकेट नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

    नेपालले यो उपाधि जित्दै ह्याट्रक गर्ने लक्ष्यका साथ खेलिरहेको छ । एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजजा गरेको थियो र नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो ।

    नेपालले २०१७ मा रित गौतमको कप्तानीमा सिंगापुरलाई फाइनलमा हराएर उपाधि जितेको थियो भने २०१९ मा मलेसियालाई नै हराएर च्याम्पियन बनेको थियो । यसअघि समूह चरणको खेलमा नेपालले मलेसियालाई फराकिलो अन्तरमा पराजित गरेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology