Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

३ राजमार्ग पूर्णरुपमा अवरुद्ध, १३ वटा सडक एकतर्फी सञ्चालन

३ राजमार्ग पूर्णरुपमा अवरुद्ध, १३ वटा सडक एकतर्फी सञ्चालन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २०, २०८० बुधवार • १२:१२:३८ बजे
  • 553
    SHARES
  • ३ राजमार्ग पूर्णरुपमा अवरुद्ध, १३ वटा सडक एकतर्फी सञ्चालन

    बाढी पहिरोका कारण तीन राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ ।

    images

    यसैगरी १३ वटा सडक एकतर्फी सञ्चालनमा छन् । विभागको पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग अवरुद्ध छन् । मेची राजमार्ग अन्तर्गतको केचना-चन्द्रगढी-चारआली-इलाम-फिदिम,गणेशचोक-ताप्लेजुङ-ओलाङचुङ्गोला खण्ड अवरुद्ध रहेको विभागले जनाएको छ ।

    यसैगरी तमोर करिडोर अन्तर्गत चतरा-मूलघाट-माझीटार-अमरापुरडाँडा-गणेश चोक खण्ड पनि अवरुद्ध छ । यस्तै कोशी राजमार्ग अन्तर्गत रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट-तुम्लिङटार-खाँदबारी-नुम-किमाथांका सडकखण्ड पनि अवरुद्ध रहेको विभागले जनाएको छ ।

    एकतर्फी सन्चालनमा रहेका सडकहरुमा तानसेन-रिडी-कोरला र डुम्रे-बेशीसहर-चामे सडक खण्ड एकतर्फी चालु छन् । यसैगरी सिद्धार्थ राजमार्ग अन्तगर्तको बेलहिया, भैरहवा-बुटवल-वर्तुङ-राम्दी-स्याङ्जा-पोखरा खण्ड पनि एकतर्फी सन्चालनमा रहेको सडक विभागले जनाएको छ ।

    हालसम्म अवरुद्ध भएका ५७ वटा सडक सन्चालनमा आइसकेको र यस वर्ष ७३ वटा सडकखण्ड अवरुद्ध भएको विभागको तथ्यांक छ । हालसम्म सडकमा २४ करोड ९६ लाख २३ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको विभागले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सडक एकतर्फी सञ्चालन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology