Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एलओडीका अर्का सञ्चालक रुदिलबल्लभ पनि पक्राउ

एलओडीका अर्का सञ्चालक रुदिलबल्लभ पनि पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०८० शुक्रवार • ११:३९:४८ बजे
  • 484
    SHARES
  • एलओडीका अर्का सञ्चालक रुदिलबल्लभ पनि पक्राउ

    फरार रहेका काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिंग्स (एलओडी) क्लबका अर्का सञ्चालक पनि पक्राउ परेका छन् ।

    images

    नाबालिग बलात्कारको मुद्दामा जोडिएपछि एक सातादेखि मोबाइल फोन बन्द गरेर फरार भएका सञ्चालक रुदिलबल्लभ श्रेष्ठलाई ललितपुर प्रहरी परिसरको टोलीले शुक्रबार बिहान कुपन्डोलबाट पक्राउ गरेको हो ।

    ललितपुर प्रहरी परिसरले एलओडीका अर्का सञ्चालक राजुसिंह सुवाललाई पनि बिहीबार अपरान्ह बालुवाटारबाट पक्राउ गरिसकेको छ । पक्राउ परेका दुवैजनालाई शुक्रबार नै जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइँदैछ ।

    उनीहरुलाई बालबालिकासम्बन्धी कानुन अनुसार कारबाही अघि बढाइने प्रहरीले जनाएको छ । उक्त क्लबबाट १६ वर्षीया नाबालिगलाई लगेर बलात्कार गरेको आरोपमा पोखराका ५० वर्षीय सुदन कोइराला पक्राउ परेपछि सञ्चालकहरु तानिएका हुन् ।

    नाइट क्लबमा नाबालिग प्रवेश गर्न मिल्दैन । तर ती नाबालिगलाई क्लबमा प्रवेश गर्न दिएको भन्दै प्रहरीले उनीहरुलाई पनि पक्राउ गर्न अनुमति लिएको थियो ।

    जेठ ३१ गते ललितपुरको बागटोलमा नाबालिगलाई बलात्कार गरेको आरोप छ । घटनाको भोलिपल्टै पीडितले कोइरालाविरुद्ध जाहेरी दिएकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # रुदिलबल्लभ पनि पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology