Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अभिनेता ताम्राकार आफ्नै घरमा गरे आत्महत्या

अभिनेता ताम्राकार आफ्नै घरमा गरे आत्महत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०८० शुक्रवार • ११:४३:५७ बजे
  • 526
    SHARES
  • अभिनेता ताम्राकार आफ्नै घरमा गरे आत्महत्या

    कलाकार सारुक ताम्राकार मृत भेटिएका छन् । उनी बिहीवार राति काठमाडौंको रातोपुलस्थित घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

    images

    काठमाडौं जिल्ला प्रहरी परिसरका प्रक्ता एसपी सीताराम रिजालले ३१ वर्षिय ताम्राकारले आत्महत्या गरेको हुनसक्ने बताए । घटनास्थलको मुचुल्का कार्यपछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

    आत्महत्या गर्नुको कारणबारे नखुलेको र अनुसन्धान कार्य भैरहेको प्रवक्ता रिजालले जानकारी दिए । फिल्म ‘रानी’बाट अभिनय करिअर थालेका सारुकले ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डन’मा अभिनय गरेका छन् ।

    उनी पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा ब्यस्त थिए । यो फिल्मको अहिले ४५ प्रतिशत मात्र छायांकन सकिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology