Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गाउँघरमा लोप हुदै परम्परागत मौलिक कलासंस्कृति

गाउँघरमा लोप हुदै परम्परागत मौलिक कलासंस्कृति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०८० शनिवार • १६:५७:२५ बजे
  • 2.8K
    SHARES
  • गाउँघरमा लोप हुदै परम्परागत मौलिक कलासंस्कृति

    दानु छन्त्याल

    images

    परापूर्व कालदेखी चल्दै आएको अर्थात मान्दै आएका विभिन्न रितिरिवाज, चालचलन, धर्म, संस्कार, कला, नृत्य, भाषा, लिपि, राजनीति र नीतिनियमलाई संस्कृति भनिन्छ । मानव सभ्यतालाई थप हराभरा गराउनकोलागि मानवको मस्तिष्कबाट सिर्जना गरिएको विभिन्न खाले आकृतिलाई कला भनिन्छ । मानव सभ्यताको विकास र बृद्दिमा थप टेवा पुरा गर्नका लागि परम्परागत कलासंस्कृति बचाउन अपरिहार्य छ ।

    हाम्रो देश नेपाल विविधता र एकताले नै एक बनेको हो । हामि नेपालीहरु बहुजातिय ,बहुभाषि, बहुसांस्कृतिक रुपमा एक भइरहेका छौ । यसो नभए हाम्रो विविधता नै रहने थिएन । यस प्रकारको हाम्रो यो अनेकता बिच एकता भएर नै नेपाल भन्ने देश विश्वमा १७ ओटा देशमात्र अस्तित्वमा रहेको बेला पनि अस्तित्ववान नै रहेको प्राचिन देश हो । हामी नेपालीसंग जोडिएका हरेक चाडपर्व संस्कार संस्कृति, रितिरिवाज छन् । यी चाडपर्वहरु प्रत्येक जातजाति अनुशार फरक फरक तरिकाले मनाउने गरिन्छ । जस्तै नेपालको विभिन्न क्षेत्रमा मनाउने चाडपर्व गौरापर्व, उधौली, उभौली, दशै,तिहार, ल्होसार, माघीपर्व , फागुपुणिमा आदि फरक फरक जातजातिका चाडपर्व भएपनि नेपाल भित्रै मनाइने चाडपर्व हुन् । नेपाल भौतिक रुपमा सानो भएपनि यस्ता चाडपर्व र धर्म संस्कृतिले गर्दा विशाल छ । यसको छातीभित्र माथी उल्लिखित सबै चाडपर्व अताएका छन् । जसरी एउटी आमाको छातीभित्र सबै सन्तानका लागि उत्तिकै प्यारो र आत्मियता हुन्छ ।

    यी सम्पुणर् चाडपर्व आदिले नेपालको गरिमालाई बढाएको छ, बचाएको छ । संसारमा देख्न नपाइने अति रमाइला र अनौठो विशेषता बोकेको चाडपर्वहरु नेपालमा मात्र हेर्न र अनुभव गर्न पाइन्छ । वास्तवमा नेपालको कलासंस्कृति र परम्परा विश्वमै अदितिय छन् ।

    अहिले पछिल्लो समयमा हरेक क्षेत्रमा विदेशी संस्कारले छोएको अनि आफ्नो झर्रा संस्कार बिर्सदै गएको देहिन आउछ । जसले गदौ हाम्रो पुखौँ देखि चलिआएको कलासस्ंकृति ओझेलमा परेको देखिन्छ । मान्छेको आनिबानी परिवर्तन हुन्छन् ,तर हाम्रा कलासंस्कृति फेरिने होइनन् ।

    हामीसंग जोडिएको हरेक चाडपर्व कलासंस्कृति ,रितिरिवाज पछिल्ला पुस्तामा आइपुग्दा बिर्सने चलन बढ्न थालेको छ । अहिलेका युवाहरु आफ्नो नेपाली नयाँ वर्ष बैशाख १ भन्दा बिदेशी नयाँ वर्ष जनवरी १ मनाउन तामझामका साथ तयारी गर्ने गर्दछन् । यसो गर्दा हाम्रो मौलिकता लोप हुने देखिन्छ । अहिले गाउँमा न दोहोरी बज्छ ,न मादल बज्छ । ढोरपाटन नगरपालिका वडा नं ४ बस्ने ७५ वर्षिय यमसरा काँउचा भन्नुहुन्छ , हाम्रा पालामा भन्दा अलिको दंसै तिहार साह्रै शून्य लाग्छ । उनी भन्छन् ,मेला होस् या पूजा जताततै पुराना लोक संस्कृतिको रौनक नै फरक हुन्थ्यो । तर अहिले भने त्यस्तो छैन ।

    गाउँमा ठूला ठूला साउन्ड सिस्टम भित्रिएका छन् । पहिलेका पूखुर्ले जोगाएर राखेका कलासंस्कृति जोगाउन पनि पछिल्लो पुस्ता लागिपरेका छैनन् । भन्छन् आधुनिक प्रविधि आयो । सबैको हातमा मोवाइल छ हाम्रो पालाको टेप, रेडियो पनि हरायो अर्का स्थानिय हर्कलाल वि.क भन्छन् । आधुनिकता र सभ्यताको नाममा अरुको संस्कृतिको नक्कलले आप्ःनो संस्कृति ओझेलमा परेको पत्तो पाइरहेका छैनौं। कला र संस्कृति समाजको गहना हो त्यसैले यसलाई जोगाउनको लागि नयाँ पुस्तालाई पुस्तान्तरण गर्ने हाम्रो दायित्व हो ।

    यसरी नेपालीहरु अरुको संस्कृतिमा रमाउनेहो भने हाम्रा संस्कृति र परम्पराहारु अझ हराउदै जानेछन् । केहि वर्ष अघिसम्म निरन्तरता पाइरहेका चाडपर्व, विबाहवर्तबन्ध , उत्सव आदिमा रहेको ठेट पन र पुख्र्यौली शैली हराउदै गएकोमा स्थानिय गाँउ बासीहरु चिन्तित देखिन्छन् । आजका युवावर्गहरुले पुरानो संस्कार र मौलिकता भुल्दै जानु भनेको पाश्चात्य संस्कारको भुलभुलैयामा आफुलाई चुर्लुम्म दुबाउनु हो । हुन त भिन्न भिन्न संस्कृतिक गुण र व्यावहार भएका मानिसहरुसंग एक आपसमा संलग्न भएपछि एक अर्कामा विभिन्न सांस्कृतिक गुण अवलम्बन हुनु स्वभाविक हो । आधुनिकताको विकासले गर्दा हामीले लिने शिक्षामा वैज्ञानिकता थपिएको छ ।

    मानिस ढुंगे युगबाट विभिन्न डिजिटल प्रविधिको युगमा आइसके, विभिन्न व्यापार व्यावसाय गर्दा, एक ठाँउबाट अर्को ठाँउमा जादा संचारको शैली परिवर्तन संगै शिक्षा, स्वास्थ्य, खेलकुड क्षेत्रमा आएको पविर्तन सकारात्मक नै हो । तर विकास र आधुनिकता संगसंगै क्ला र संस्कृतिको जर्गेना गर्न जरुरी देखिन्छ । यदि अब पनि सोच्न र बुभ्ःन सकेनौ भने, थप अनुसन्धान गर्न सकेनौ भने हाम्रो संस्कार संस्कृतिमा गम्भिर चुनौति थपिनेमा दुइमत छैन ।

    जीवनको तीन आधारभूत तत्वहरु गास, बास, कपास हुन् यी आधारभूत आवश्यकता पुरा गर्न मानिसले गाँउघर छोडेर शहर पस्ने प्रचलन बढ्दै गएको छ । यसरी गाँउको भाषा र संस्कारमा प्रभाव परेको देखिन्छ । जीवनका आधारभूत आवश्यकता पुर्ति गर्ने बाहानामा गाँउ छोडेर शहर पसि आप्ःनो सम्पुणर् भाषा संस्कारलाई बिर्सनु भनेका संस्कृति प्रति बेवास्ता र चेटनाको कमि हो । तसर्थ आफ्नो गाँउघरमा परापूर्वकालदेखी चलि आएका मौलिक संस्कार जोगाइ राख्नको लागि एक पटक नवयुवा र सरोकारवालाहरुले सोच्नै पर्ने र थप चेटना जगाउन पर्ने देखिन्छ । मानिसले आप्ःनो पन् भुलेर एकहोरो पूर्विय दर्शन र पाश्चात्य छाडा संस्कृति अंगाल्दै जाने हो भने , भावि दिनमा संस्कार , कला र संस्कृति विनाको समाज नबन्ला भन्न सकिदैन । त्यसैले अबको पुस्ताले आ आप्ःना जातीय र क्षेत्रीय भाषा, कलासंस्कृतिलाई अघिल्लो पुस्ताबाट सिकेर जोगाइ राख्नु अपरिहार्य छ ।

    नेपाल प्राकृतिक सुन्दरता , भाषिक विविधता ,धर्म संस्कार र अथाहा कलासंस्कृतिको धनि देश हो । त्यसैले सरकारको तीनै तहका राज्य संचालक सरोकारवालाहरुले पनि मौलिक कलासंस्कृति  जर्गेना गर्नकालागि उच्च सकारात्मक सोच र विचार गर्नु जरुरी देखिन्छ ।

    एम. ए. प्रथम सेमेस्टर

    धौलागिरी बहुमुखी क्याम्पस बागलुङ

  • सम्बन्धित विषय:

  • # मौलिक कलासंस्कृति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology