Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बिद्यार्थीसँग प्रेमसम्बन्ध राख्ने शिक्षक ललितपुरमा पक्राउ

बिद्यार्थीसँग प्रेमसम्बन्ध राख्ने शिक्षक ललितपुरमा पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०८० आइतवार • १०:१७:२९ बजे
  • 385
    SHARES
  • बिद्यार्थीसँग प्रेमसम्बन्ध राख्ने शिक्षक ललितपुरमा पक्राउ

    ललितपुरमा शिक्षकबाट बिद्यार्थीमाथि यौन दुव्र्यवहार भएको छ । प्रहरीले शिक्षकलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

    images

    शंखमुलस्थित लिटर फ्लावर्स पब्लिक स्कुलका शिक्षक २३ वर्षिय अशोक परियारले आफ्नै बिद्यार्थीलाई लामो समयदेखि यौन दुव्र्यवहार गर्दै आएका हुन् ।

    बाग्लुङ स्थायी घर भई कुपण्डोल बस्ने परियारलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । नौ कक्षामा अध्ययनरत १६ वर्षिया छात्रासँग भेटेर उनले दुव्र्यवहार गर्दै आएको प्रहरीले जनाएको छ ।

    छात्राका परिवारले सो कुरा थाहा पाएपछि प्रहरीमा उजुरी दिएका हुन् । उनीहरुबीचको च्याटका आधारमा दुव्र्यवहार पत्ता लागेको हो । शिक्षकले भने छात्रासँग आफ्नो प्रेमसम्बन्ध रहेको बताएका छन् ।

    ‘लामो समयदेखि दुव्र्यवार हुँदै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शिद्धिबिक्रम शाहले भने,‘शिक्षकलाई पक्राउ गरेर अनुसन्धान थालेका छौं ।’

  • सम्बन्धित विषय:

  • # ललितपुरमा पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology