बुटवलको तिनाउ पुल नजिकै आज बिहान एक युवा मृत अवस्थामा फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–५ शान्ति टोल बस्ने २० वर्षीय सुमन विक मृत फेला परेका हुन् ।
शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको छ।
घटनाबारे थप अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए।