चेतमाया थापा
मदिरा सेवन कुनै समुदायको रितिरिवाज हो, कुनै समुदायको लागी आधुनिकताको पहिचान हो भने युवा पुस्ताहरुको लागी अरुभन्दा भिन्न देखिने फेसन वा चाहना हो । नशालु पदार्थ हो मदिरा तर पनि मानिस यसलाई प्रिय पर्दाथ बनाउन मरिहत्ते गरेको देखिन्छ । को पढेलेखेको, को अशिक्षित , को धनी, को गरीब, को पहाडी, को मधेसी कोही बाँकी छैनन यसका पारखी बन्न । न गर्मीले छेक्यो मदिरा पिउनेलाई न चिसोले नैै अबरोध बन्यो । मदिरा एक अस्वस्थकर पेय पदार्थ हो । मदिरा भित्र जाँड, रक्सी, बियर, वाइन आदि पर्छन् । मदिरा जाँडलाई पकाएर त्यसको वाफबाट बनाइने पेय पदार्थ हो । विश्वमा रक्सीका सयौ प्रकार छन् नेपालमा भने साधारण घरायसी प्रयोगमा पिइने नशालु पदार्थलाई मदिरा भनिन्छ ।
सामान्यतया रक्सी कोदो, मकै, जौ, गहु, चामल जस्ता अन्नहरुबाट बनाइन्छ । फलफुुल भित्र स्याउ, बयर, आरु, बनमा पाईने चौतारी जस्ता पर्छन् । अन्न तथा फलफुललाई कुहाएर त्यसमा मर्चा हालेर जाँड बनाउने गरिन्छ । यस्ता पदार्थमा चिनी तत्व पाईन्छ , सोही तत्व नै रासानिक प्रतिक्रियाद्धारा रक्सी बन्छ । यसरी फलफुल तथा अन्न बाट बनेको रक्सी सबै खाले मानिसहरुमा खपत हुने गरेको देखिन्छ । उनीहरु रक्सीलाई आफ्नो प्रिय साथी सरह लिने गर्छन् । रक्सीको नशामा रमाउन मन पराउने बृद्ध बृद्धा, केटा केटी, यौवा बयस्क सबै खाले उमेरका मानिसको प्रिय पदार्थ बनेको छ मदिरा ।यस्तै खाले कु संस्कारले ग्रसित बनेको छ निसीखोला गाउँपालिका गाउँबस्तीहरु ,चाहे जे सुकै कारणले मदिरा सेवन गरेपनि उनीहरुलाई धेरै थोरै त्यसको शारीरिक वा मानसिक कु प्रभावको वारे ज्ञान हुन्छ । तर पनि यो समाजमा दिन प्रतिदिन दुव्र्यसनमा फस्ने मानिहरुको संख्या भने अत्यधिक बढ्दै गइरहेको देखिन्छ ।
मदिरा सेवन मानव सभ्यता सुरु भएदेखि नै हुदै आएको छ । कतिपय समाजमा यसको प्रयोग धार्मिक र सामाजिक रुपले पनि मान्य छ। नेपालका केही समुदायमा कुखुराको भाले, कुखुराको फुुल र मदिरा शुभकार्यमा अनिवार्य छ । विभिन्न धार्मिक शक्तिपाठीमा मन्दिरमा पनि चढाइन्छ र त्यहाको जल या प्रसाद सम्पुणर् हिन्दुका लागी पवित्र मानिन्छ । यसरी धार्मिक र सामाजिक परम्परा संगै जोडिएर आएको हुनाले पनि आजको समाजमा विविध औपचारिक स्थान र समयमा यसको सेवनले ठाउँ पाएको छ । सायद यिनै ऐतिहासिक, धार्मिक, सामाजिक मान्यताले गर्दा नशालु पदार्थ हुदाहुदै पनि मदिराको प्रश्न जतिल र द्धिविधायुक्त भई अझै यसको उपभोगले वैधानिक छुट पाएको छ । हिजोआज बिरामी सगं मदिरा बारे चर्चा गर्दा एउटा नयाँ तर्क पनि सुन्न पाइन्छ ।थोरै मात्रामा अड्कलेर पिउने गरे यसले मुटुका रोगीहरुलाई फाइदा गर्छ रे । रोग लागिसकेकोलाइत फाइदा गर्छ भने रोग नै नलागेका निरोगीले पनि थोरै थोरै सधै पिउने गरे मुटुको रोग नै लाग्दैन होला ! तर यस तर्कभित्र खतरनाक कुतर्क लुकेको छ । जब कुनै बस्तुको लाभको चर्चा गरिन्छ, त्यसबाट हुने प्रतक्ष्य, अप्रतक्ष्य हानी र त्यसले उत्पन्न गर्ने खतरा सगं जोड घटाउ गरेर मात्र शुद्ध लाभको मुल्यांकन गनुपर्छ । मदिरा सेवनबारे जनमानसमा केही भ्रम छन् । रक्सी पिएका बेला मन आँटिलो भएको, फुर्ति आएको र गाहो काम गर्न जोस हिम्मत बढेको अनुभव हुन्छ । रक्सीले मानिसको मस्तिस्कलाइ धुमिल्याइदिने, सतर्कता, होसियारी र खतराको महसुसलाई कमजोर पारिदिने हुनाले आफु आटिलो भएको अनुभव हुन्छ र मानिस जस्तो सुकै कार्यमा पनि तत्पर हुने गरेको देखिन्छ ।
यो समाजमा मदिरा सेवन संस्कृतिको रुपमा बिकाश हुदा समाजमा हिंसा, झै झगडा, दुर्घटना र मदिरा सेवनकै कारणले मानिसको मृत्युुसमेत हुन पुगेको देखिन्छ । यो समाजमा मदिरा सेवन संस्कृतीको रुपमा बढ्दै जादा समाजमा यसको नकरात्मक पाटोतर्फ भने कसैको ध्यान नगुगेको देखिन्छ । यहाँ हुने जतिपनि हिंसाहरु दुर्घटनाहरु हुने गर्छन यसको ९५ प्रतिशत दुर्घटना मदिरा सेवनकै कारणले हुने गरेको देखिन्छ । मानिसहरु मदिराको सेवन गरी आफुलाई शक्तिशाली हु भन्ने भ्रम सिर्जना गर्ने र हिंसात्मक कार्यका लागी प्रेरित हुने गरेको देखिन्छ । र यहाँका कतिपय मानिसहरु मदिरा सेवन गरी बिलासिता जिवन बिताउदै गर्दा त्यहाको संस्कार गलत भएको र यसलाई निरुत्साहित गर्नुपर्ने कुरामा बेवास्ता गर्छन् । मदिरा सेवन स्वास्थ्यका लागी कति घातक र कति उपयोगी भन्ने यो समाजका मानिसहरुमा आ आफ्नै भ्रम र बुझाइ छ । यो समाजमा रहेको बुढा पुुराना बुवा आमाहरु मदिरालाई उहाँहरुलाइ लाग्ने धेरैजसो बिमार को औषधीको रुपमा प्रयोगमा ल्याउनुभएको प्रशस्त उदाहरण भेट्न सकिन्छ । यद्यपि मदिरा सेवन सिमित मात्रामा गर्नाले फाईदा हुने कुराको पुष्टि भने हुन सकेको देखिदैन ।
यो समाजमा करिव ७० प्रतिशत जति जनजाती र ३० प्रतिशत दलित मिलेर बसेको देखिन्छ । जहाँ जनजाती भनेर चिनिने मगर
जातीहरुको बाहुल्यता निकै ठुलो छ । यहाँ मगर जातीको बोलचालको लागी आफ्नै स्थानीय भाषा रहेको छ, जसलाई मगर खाम भनेर चिन्ने गरिन्छ । यहाँका मानिसहरु बच्चादेखि बृद्धसम्म सबैले खाम भाषा बोल्ने गर्छन् । कतिपय बृद्ध बुवा आमा हरुले त नेपाली भाषा बोल्न नसकेको तथ्य घटना देख्न र सुन्न पनि सकिन्छ । यसको असर के देखिन्छ भने बृद्ध बृद्धा बुवा आमा सारो गाहो बिरामी परी घर छोडेर काठ्माण्डौ,पोखरा, बुटवल जानुपर्ने भएमा उहाँहारु डक्टर सगं कुरा गर्न समस्या आउने भएकाले उहाँहरुले आफ्नो साथमा नेपाली भाषा पढ्न र बोल्न सक्ने छोरा छोरी, नाती नतीनि लिएर जानुपर्ने बाध्यता देखिन्छ । प्रायजसो नेपाली भाषा बोल्न नजान्नुको कारण यस्तो छ कि, नेपाली भाषा बोल्न नजान्ने बुवा आमाहरु लेकतिर गोठमा गाईबस्तु संग बस्ने गरेको देखिन्छ । उहाँहरुले लेकमा गाईबस्तु पालेर दुध,महि,घिउ उत्पादन गरेर गाउँतिर बस्ने आफ्ना छोरा छोरीलाई पथाईदिने काम गनुहुन्छ । उहाँहरु बिशेष काम अथवा बिरामी नपरी गाउँतिर झर्ने गरेको देखिदैन । उहाँहरुले आफ्नो खेतबारीमा बिशेषगरी आलु, मकै, जौ, गहू जस्ता खाध्यपर्दाथ उत्पादन गनुहुन्छ र आफ्नो दैनिकी खानामा पनि ताजा ताजा आटो, ढिडो अनि तरकारीमा आलु ,बनमा पाइने रातो च्याउ, साग, सिमी जस्ता तरकारी प्रयोग गर्ने गरेको देखिन्छ । यस्तो बुढेसकालमा पनि उहाँहरु आफ्नो छोराछोरीको उज्वल भविष्यको लागी लेकको गोठमा गाईबस्तु संग शास्ती खेप्कुपरेको बताउनुहुन्छ निसीखोला गाउँपालिकाका वडा नं ५ निसीका निशान घर्ति मगर । यसरी नै बिताउने गर्नुहुन्छ उहाँहरु आफ्नो दैनिकी ।
आफ्नो छोरा छारीको उज्वल भविष्यको निम्ति दुःख कष्ट सामना गर्दै लेकबेसी, दाउरा घाँस, उकाली, ओराली, घाम, पानी हुरिबतास नभनि अहोरात्र खटिएर आफ्नो छोराछोरीको उन्नति प्रगतिको आशा गरेर जीवन कटाइरहनुभएका ती बृद्ध बुवा आमाको आशा निराशामा परिवर्तन नहोला भन्न सकिन्न । जुन गाउँमा पढ्नको निम्ति बसेका छोराछोरीहरु बिशेष गरी केटा मान्छेहरु आफ्नै उमेर समुहका साथीभाईहरुको लहै लहैमा लागेर जाँड, रक्सी,चुरोट खैनी, सुर्ति जस्ता दुव्र्यसनमा फसेर आफ्नो पढ्ने समय पनि बर्बाद गरेको सत्य घटना यो समाजमा प्रशस्त भेट्न सकिन्छ । रातीभरी गाउँमा डुुलेर जाड,रक्सीको नसामा रमाउने अनि भोलि बिहान स्कुल जाने समय भने उनीहरुको लागी सुत्ने समयको रुपमा प्रयोग भएको देख्न सकिन्छ ।जुन दुव्र्यसनमा फस्ने केटामान्छे हरुको उमेर करिव १३ वर्षदेखिमाथि पाउन सकिन्छ । यो समाजमा प्रायजसो सबै उमेर समुहका मानिसहरुले मदिरा सेवन गरेको देख्न सकिन्छ । भन्ने गरिन्छ बालबालिका को पहिलो पाठशाला भनेको घर अनि पहिलो गुरु भनेको आमा बुवा ,तर यहा धेरैजसो आमा बुवा ले जरक्सीलाई तिर्खा लाग्दा प्यास मेट्ने पानीको रुपमा प्रयोग गरेको देख्न सकिन्छ । कतिपय आमा बुवाहरु त खेतबारी, मेलापातमा काम गर्न जादा तिर्खा लाग्दा पिउने भनी पानीको साटो रक्सी लिएर जाने गरेका देख्न सकिन्छ, अनि त उहाँहरुको छोराछोरीले सिकुन त के ?
अत्यधिक मात्रामा मदिरा सेवन गर्ने बानीले थुप्रै निसीबासीहरुको जीवन नै बर्बाद हुन थालेको छ । दुर्गम गाउँसम्म सहजै उपलब्ध हुने मदिरा सेवनको कारणले थुप्रैको उमेर बर्बाद हुने स्थितिमा पुिग समाज नै आक्रान्त बन्न थालेको छ । यो समाजमा मदिराको खुल्ला बिक्रि बितरण भइ यसको सही व्याबस्थापन हुन नसक्दा त्यसबाट थुप्रै नकरात्मक असर देखिन थालेको छ । गाउँ गाउँमा सहजै रुपमा उपलब्ध हुने मदिरा सेवनकै कारणले थुप्रै मानिसको जीवन बर्बाद हुने स्थितिमा पुग्न थालेको देखिन्छ । यहाँ मदिरा सेवनकै कारण मानिसहरु हतियाराको प्रयोग मार्फत आफ्ना साथीभाई ईष्ट मित्र नभनि काटमार जस्ता दुव्र्यबहारमा समेत संलग्न भएको पनि पाउन सकिन्छ । यहाँ १ बोटलको रु ४० सम्ममा पनि मदिरा उपलब्ध हुन थालेपछि के युवा के बृद्धबृद्धा सबैमा यसको खपत बढेको छ । मदिरा सेवन यहाँका मानिसका शरिरमा अर्बुद जस्तै बनेर जरा गाड्न थालेका छ । अत्यधिक मात्रामा मदिरा सेवनकै कारणले स्वयम व्याक्तिको स्वास्थ्य र ज्यानमा त प्रतक्ष्य असर परेको छ नै घर परिवार र समाजमा झै झगडा बढेको छ ।
प्रहरीको अध्ययन अनुसार समाजमा हुने हत्या, आत्महत्या, कुटपिट, गालीगलौज लगायत अधिकांश घटनाको पछाडि मदिरा सेवन नै प्रमुख कारणको रुपमा देखिएको छ । कुनै पिर पर्दा होस या खुसीयाली मनाउँदा होस अधिकांशले मदिरा नै सेवन गर्ने गरेको पाईन्छ । श्रीमान मदिरा सेवन गरेर घर आयपछि श्रीमती संग झगडा हुने र त्यही कारणले महिला हिंसाका घटना बढ्नुका साथै स्वंयम व्याक्ति तनावमा आयर आत्महत्या सम्म गर्न पुगेको देखिन्छ । रु ४० देखि ५० सम्ममा नै पाईने उक्त मदिरा गाउँगाउँमा सहजै उपलब्धताकै कारण न्युन आय भएका मानिसले पनि सेवन गर्न सक्ने हुदा यसबाट समाजमा भयावह अबस्था नै सिर्जना भएको निसीखोला गाउँपालिका ५ का वडा अध्यक्ष ज्युले बताउनुहुन्छ । नशालु पदार्थ हो मदिरा तर पनि मानिस यसलाई प्रिय पर्दाथ बनाउन मरिहत्ते गरेको देखिन्छ । को पढेलेखेको, को अशिक्षित , को धनी, को गरीब, को पहाडी, को मधेसी कोही बाँकी छैनन यसका पारखी बन्न । न गर्मीले छेक्यो मदिरा पिउनेलाई न चिसोले नैै अबरोध बन्यो । त्यसैले त मुलुक कै सबैभन्दा बढी ठाउँमा सर्बसुलव बन्न पुगेको छ मदिरा । यस्तै मदिरा सेवन गरेकै कारण बागलुङको निसीखोलामा धेरैको ज्यान गएको छ । कोहिले मदिरा सेवन गरी भिरबाट लडेर, कोही बिजुलीको ट्यांकीमा डुबेर, कोही धारिलो हतियार प्रहारद्धारा आफ्नो प्राण त्यागने गरेको ताजा घटना देख्न सकिन्छ । यसैगरी निसीखोला गाउँपालिका ५ निसी र विशेष गरी निसीखोला ६ भल्कोट मा हामी हेर्ने हो भने मदिरा सेवनकै कारण श्रीमान द्धारा श्रीमतीको हत्या, श्रीमतीद्धारा श्रीमानको हत्या लगायत यस्ता बिभिन्न किसिमका हत्याहरु धेरै नै भएको घटना पनि ताजै भेटाउन सकिन्छ । यस्तै अबस्था अन्यको पनि नहोस भन्ने कामना बाहेक केही गर्न सकिने अबस्था छैन यहा । कतिपय बुवाआमा हरुले त बिहान चियाको रुपमा, अनि दिउँसो खानाको रुपमा अनि नास्ताको रुपमा र बेलुकीको खानाको रुपमा पनि रक्सीकलाई नै प्रयोग गर्ने गरेको देखिन्छ । निसीखोला गाउँपालिका ५ निसीकी सानी घर्ती मगर भन्नुहुन्छ रक्सी मेरो साथी हो रक्सी भयो भने मलाई श्रीमान,श्रीमती, छोरा छोरी कोही चाहिदैन । यसरी उहाँ भन्नुहुन्छ रक्सीबिना मेरो हालत खराब हुन्छ मइले मनको पिर मेटाउन रक्सीको प्रयोग गर्ने गर्छु । रक्सी खान्छु अनि सबै मनको पिर, तनाब बिर्सिन्छु । यस्तै यस्तै लत बसेका मानिसको संख्या यहाँ धेरै नै पाउन सकिन्छ । यसरी आफ्नो स्वास्थ्य स्थिति दिन प्रतिदिन नाजुक बनाएर दिन बिताएका मान्छेको संख्या भारी रुपमा पाउन सकिन्छ ।
यसरी के खान हुने, कति मात्रामा खान हुने अनि कसरी खान हुने जस्ता कुरालाई बे वास्ता गर्दा यहाँका धेरैजसो मानिसहरु रक्सीको लतमा फसेर आफ्नो स्वास्थ्य अनि समय बर्बाद गरेको देख्न सकिन्छ । यसरी हेर्दा समाजमा मदिराको खुल्ला बिक्रि बितरणको पाटोलाई समेत ध्यान दिनुपर्ने देखिन्छ । यस ऐन बिपरित काम गर्ने व्याक्तिलाई ६ महिनासम्म कैद वा एकलाख रुपैया जरिवाना वा दुबै सजाय हुने व्याबस्था पनि छ । साथै यस ऐन बिपरित कुनै काम गर्ने वा काम गर्न दुरुत्साहित गर्ने वा सो काममा सहयोग गर्ने व्याक्तिलाई तीन महिना सम्म कैद वा पचासहजार सम्म जरिवाना वा दुवै सजाय हुने ऐनमा उल्लेख छ ।त्यसैले सर्बप्रथम उनीहरुले जुुन मदिरालयबाट रक्सी किनेर ल्याए त्यो अनुमति प्राप्त थियो वा थिएन भन्ने महत्वपुणर् सवाल हो । त्यसपछि मात्र उसले रक्सी बनाउने तरिका, कसले बिक्रि गरेको थियो, त्यसमा के के मिसिएको थियो र त्यो कानुन अनुसारको थियो थिएन भन्ने प्रश्न अघि आउछन् । हुनत गाउँमा यस्ता मदिरालय छ्याप छ्याप्ति छन तर उनीहरु माथि प्राप्त निगरानी नराखिनु नै आज यो अबस्था सिर्जना भएको हो ।
मदिरा सेवनले एकातिर आफ्नो ज्यान सिध्याउने काम भइरहेको छ भने अर्कोतिर हिंसालाई पनि बढावा दिईरहेको छ । समाजको अमनचयन बिथोल्ने देखि घरेलु हिंसाको पारो बढाउन समेत सक्रिय भुमिका रहेकोमा शंकै छैन । कम्तीमा पनि स्थानिय प्रशासनले गाउँ ठाउँ भ्रमण गरेर चेतावनी दिने, कानुनी प्रशिक्षण दिलाउने तथा नमानेमा कारवाहीमा जाने हो भने यस्ता बिकृति स्वत : समाधान हुन्छन् । मदिरा सेवन गरेकै कारण धेरै व्याक्ति आपराधिक क्रियाकलापमा पनि संलग्न देखिन्छन् । उनीहरुलाई कारवाही गरेर मात्र यही कारण हुने बिसंगती कदापी रोकिन्न । त्यसैले मदिरा संग जोडिएका बिकृति, दुर्घटना न्युन पार्ने हो भने स्थानीय सरकार स्थानीय प्रशासन र स्थानीय बासिन्दाको त्रिकोणात्मक सम्बन्ध हुनै पर्छ । होइन भने मदिरा प्रेमीहरुलाई काललाई दोष लगाउनबाट पन्छिन मदिरा सेवनकै कारण मृत्यु’ हुने मार्गमा अग्रसर हुने छौ किनकी विश्व स्वास्थ्य संगठनका अनुसार पनि विश्वमा वार्षिक ३० लाख भन्दा बढीको मृत्यु यही कारण हुने गरेको छ । जुन संख्या एड्स, हिंसा र सडक दुर्घटनाका कारण मृत्यु हुने भन्दा बढी हो ।
एम.ए प्रथम सेमेस्टर
धौलागिरी बहुमुखी क्यामपस बागलुङ