Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रहरी जवानलाई नै ११ घन्टासम्म बाँधेर दिइयो यातना

प्रहरी जवानलाई नै ११ घन्टासम्म बाँधेर दिइयो यातना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०८० बुधवार • १७:३७:५८ बजे
  • 436
    SHARES
  • प्रहरी जवानलाई नै ११ घन्टासम्म बाँधेर दिइयो यातना

    सिरहामा एकजना प्रहरी जवानलाई बाँधेर यातना दिएको घटना बाहिरिएको छ ।

    images

    जिल्ला प्रहरी कार्यायल सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिइएको भिडियो सार्वजनिक भएको हाे ।

    ड्युटी समय बढी भएको गुनासो गर्न जाँदा मंगलबार दिउँसो प्रहरी निरीक्षक हेमन्त राईले कार्यालयमा बाँधेर राखेको पीडित प्रहरी जवानका भाइ रजनिश रायले बताए । उनले भने, ‘इन्स्पेक्टरले गाली गरेर बुटैबुटले हिर्काएका छन्।

    ११ घन्टासम्म बाँधेर कुटेका छन् ।’ यो घटनामा संलग्न प्रहरीविरूद्ध उजुरी पनि दर्ता गराउने तयारीमा रहेको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय सिरहाले भने घटना ढाकछोप गर्न फरकफरक जानकारी दिइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # बाँधेर दिइयो यातना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology