Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

करेन्ट लागेर १२ जनाको मृत्यु

करेन्ट लागेर १२ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २८, २०८० बिहिवार • ११:५९:३३ बजे
  • 541
    SHARES
  • करेन्ट लागेर १२ जनाको मृत्यु

    जिल्लामा करेन्ट लागेर चालू आर्थिक वर्षमा १२ जनाको मृत्यु भएको छ।

    images

    चालू आर्थिक वर्ष सकिन ४ दिन मात्र बाँकी रहँदा जिल्लाका विभिन्न स्थानमा करेन्ट लागेर १२ जनाको मृत्यु भएको हो। बुधवार मात्रै गरुडा नगरपालिका–८ स्थित बसबिट्टि जिंगडियाका ५० वर्षीय शेख साह मोहम्मदको करेन्ट लागेर मृत्यु भएको छ।

    आफ्नै घरमा विद्युतीय हिटरमा खाना पकाउने क्रममा करेन्ट लागेर शेखको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

    यससँगै रौतहटमा यो आर्थिक वर्षमा करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या १२ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी उमाशंकर यादवले बताए। जिल्लामा सबैभन्दा बढी विद्युत् मोटरबाट करेन्ट लागेर मृत्यु भएको देखिन्छ।

    मोटरबाट खेतमा पानी पठाउँदा, नुहाउने क्रममा, तार जोड्ने क्रममा तथा मोबाइल चार्ज गर्दा करेन्ट लाग्ने गरेको प्रहरीको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # १२ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology