Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

युनाइटेडलाई २-० ले हराउँदै सिटी सेमिफाइनलमा

युनाइटेडलाई २-० ले हराउँदै सिटी सेमिफाइनलमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १५, २०७७ सोमवार • १२:५३:४१ बजे
  • 2.6K
    SHARES
  • युनाइटेडलाई २-० ले हराउँदै सिटी सेमिफाइनलमा

    म्यानचेष्टर सिटी र चेल्सीले अन्तिम ४ मा स्थान बनाएसँगै एफए कपको सेमिफाइनल समिकरण पुरा भएको छ।

    images


    गएराति भएको अन्तिम क्वार्टरफइनलमा न्यु क्यासल युनाइटेडलाई २-० ले हराउँदै सिटीले सेमिफाइनलमा स्थान बनाएको हो।

    सिटीको जितमा केभिन डि ब्रुयने र रहिम स्टर्लिङले गोल गरे। पहिलो हाफको ३७ औं मिनेटमा बु्रयनेले पेनाल्टीमा गोल गर्दै सिटीलाइ अग्रता दिलाएका थिए। खेलको ६८ औं मिनेटमा स्टर्लिङले गोल गर्दै अग्रता दोब्बर पारे। फाइनलमा स्थान बनाउन सिटीले आर्सनलको सामना गर्नेछ।

    एफए कपको अर्को सेमिफाइनमा चेल्सी र म्यानचेष्टर युनाइटेड भिड्नेछन्। गएराति नै भएको अर्को खेलमा लेष्टर सिटीलाई १-० ले हराउँदै चेल्सीले एफए कपको सेमिफाइनल स्थान बनाएको हो।

    खेलको ६३ औं मिनेटमा रोस बाक्लीको निर्णायक गोलमा चेल्सीले अन्तिम चारको यात्रा तय गरेको हो।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology