Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ललिता निवास प्रकरण : यी हुन् हालसम्म पक्राउ परेका १७ आरोपी

ललिता निवास प्रकरण : यी हुन् हालसम्म पक्राउ परेका १७ आरोपी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २८, २०८० बिहिवार • १४:१८:३३ बजे
  • 565
    SHARES
  • ललिता निवास प्रकरण : यी हुन् हालसम्म पक्राउ परेका १७ आरोपी

     बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा पक्राउ पर्नेको सङ्ख्या १७ पुगेको छ ।  भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सिनियर डिभिजन इन्जिनियर (सिडिई)  बालकृष्ण श्रेष्ठ र समरजङ्ग कम्पनीका सह–लेखापाल विनोद पौडेललाई नियन्त्रणमा लिएसँगै पक्राउ पर्ने संख्या १७ पुगेको हो । 

    images


    यसअघि असार २६ मा प्रहरीले तत्कालीन भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक रुद्र प्रसाद श्रेष्ठलाई पक्राउ गरेको थियो ।  भूमिसुधार तथा व्यवस्था विभागमा महानिर्देशक हुँदा श्रेष्ठले पशुपति टिकिन्छा गुठिमा मोही खडा गरेर सरकारी जग्गा हिनामिना गरेको आरोप छ ।


    सिनियर डिभिजन इन्जिनियर बालकृष्ण श्रेष्ठले बालुवाटार क्षेत्रमा विशिष्ट व्यक्तिहरूको निवास विस्तारको नाममा जग्गा सङ्कुचन गराएर मोही कायम गर्न भूमिका खेलेको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले रातोपाटीलाई जानकारी दिए ।


    यी हुन् ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा हालसम्म पक्राउ परेकाहरू :


    १. मीन बहादुर गुरुङ - भाटभटेनी सुपर मार्केटका सञ्चालक, (असार १२)

    २. सुधीर कुमार शाह - पूर्व निर्वाचन आयुक्त ।

    ३. धर्म प्रसाद गौतम- शाखा अधिकृत

    ४. गोपाल कार्की, अवकाश प्राप्त खरिदार

    ५. शिवजी भट्टराई, तत्कालीन वडा सचिव (असार १७)

    ६. घमान कुमारी कार्की- नापी सर्वेक्षक 

    ७.बाबुराजा महर्जन- नक्कली मोही 

    ८.रमेश कुमार पोखरेल- समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख (असार १८)

    ९. देव नारायण महर्जन- मोही 

    १०.लोकहरी घिमिरे - समरजङ्ग कम्पनीको तत्कालीन प्रमुख (असार २४)

    ११. ध्रुब प्रसाद अर्याल- नापी सर्वेक्षक 

    १२. कृष्ण बहादुर राउत- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव 

    १३. योगराज पौडेल, नासु डिल्लीबजार मालपोत  (असार २६)

    १४. नारायणदास मिश्र- पूर्व खरिदार डिल्लीबजार मालपोत 

    १५. रुद्र प्रसाद श्रेष्ठ- महानिर्देशक भूमिसुधार तथा व्यवस्था विभाग । (असार २६)

    १६. बालकृष्ण श्रेष्ठ- सिडिई भौतिक योजना तथा निर्माण मन्त्रालय ।

    १७. विनोद पौडेल, सह लेखापाल समरजङ्ग कम्पनी  (असार २७)

    स्टे अर्डरमा छुटेका ।

    १. कलाधर देउजा, प्रमुख डिल्लीबजार मालपोत ।

    २. सुरेन्द्रमान कपाली, अधिकृत ।

    ३. हुपेन्द्रमणि केसी, शाखा अधिकृत । 

  • सम्बन्धित विषय:

  • # पक्राउ परेका १७ आरोपी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology