Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दासढुंगा दुर्घटना : बस रूखमा अड्किँदा ४० जनाको ज्यान जोगियो

दासढुंगा दुर्घटना : बस रूखमा अड्किँदा ४० जनाको ज्यान जोगियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०८० शुक्रवार • १०:४४:२४ बजे
  • 571
    SHARES
  • दासढुंगा दुर्घटना : बस रूखमा अड्किँदा ४० जनाको ज्यान जोगियो

    आज शुक्रबार बिहान नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका– २९ दासढुंगामा बस दुर्घटनामा पर्यो । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस सडकबाट खस्यो ।

    images

    बागमती प्रदेश ०१–००क६ ख ५२३७ नम्बरको उक्त बसमा ४० जना यात्रु सवार थिए । ती मध्ये १९ यात्रु घाइते भएका छन् । घाइते हुनेहरुमा भारत सिलगुडी बस्ने कमला सुब्बा, लक्की सुब्बा, मोरङ हरैचा नगरपालिका–३ बस्ने सुशान्त सुब्बा, हरैचा ८ बस्ने सुनिता लामीछाने, सुनसरी बस्ने संगिता मगर रहेका छन् ।

    यस्तै झापा मेची नगरपालिका–११ बस्ने सुमिमा राई, भक्तपुर–१ बस्ने मिलन तामाङ, ललितपुर गोदावरी नगरपालिका–७ बस्ने सुमन लामा, भोजपुर अरुण गाउँपालिका–१ बस्ने वर्ष नन्दबहादुर पाण्डे, सोही ठाउँ बस्ने लीलाबहादुर पाण्डे पनि घाइते भएका छन् ।

    यस्तै बसका सहचालक विक्रम मगर, धादिङका दिलबहादुर श्रेष्ठ, सुनसरी रक्तमाला–५ बस्ने मनिका राई, मोरङ हरैचा–५ बस्ने वर्ष कल्पना राई, सोही ठाउँ बस्ने सपना राई, धनकुटा सहिदभूमि–४ बस्ने विश्वलक्ष्मी राई, उनकी छोरी वर्ष ४ की दिव्या राई घाइते भएका छन् ।

    अन्य घाइतेमा बसका चालक मकवानपुर हेटौंडा–२ बस्ने बादल कुमाल र धादिङ रुबिभ्याली गाउँपालिका–४ बस्ने दीपक तामाङ छन् ।

    घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौं पठाइएको चितवन प्रहरीले जनाएको छ ।

    तीव्र गतिमा रहेको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर पल्टिएको थियो । बस रुखमा अड्किएर त्रिशुलीमा खस्नबाट जोगिएको थियो । बस सडकबाट पल्टिएर खसेको भएपनि रूखमा अड्किएका कारण ४० जनाको ज्यान जोगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ४० जनाको ज्यान जोगियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology