Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आईसीसीको घोषणा- अब महिला र पुरुष खेलाडीको पुरस्कार बराबर

आईसीसीको घोषणा- अब महिला र पुरुष खेलाडीको पुरस्कार बराबर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०८० शुक्रवार • १०:४६:३० बजे
  • 712
    SHARES
  • आईसीसीको घोषणा- अब महिला र पुरुष खेलाडीको पुरस्कार बराबर

    अब आईसीसीको विश्वव्यापी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने पुरुष र महिला खेलाडीले समान पुरस्कार राशि पाउने भएका छन् ।

    images

    दक्षिण अफ्रिकाको डर्नमा भएको वार्षिक सम्मेलनमा आईसीसीले आफ्ना सबै महिला र पुरुष खेलाडीको पुरस्कार राशी बराबर हुने ऐतिहासिक घोषणा गरेको हो ।

    आईसीसी अध्यक्ष ग्रेग बार्कले अब महिला र पुरुषको उस्तै किसिमको प्रतियोगिता विजेता लगायतले पाउने पुरस्कार रकम पनि बराबर हुने बताए ।

    उनले खुशी व्यक्त गर्दै यो क्षण खेलको इतिहासमै महत्वपूर्ण भएको बताए । पुरस्कार राशी समान बनाउने प्रयास स्वरुप आइसीसीले २०१७ देखि महिला प्रतियोगितामा पुरस्कार बढाउँदै आएको थियो ।

    अब आईसीसी महिला विश्वकप, महिला टी–२० विश्वकप र यू–१९ महिला विश्वकपको विजेताले पुरुषकै समान पुरस्कार पाउने छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology