Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतले गर्‍यो चन्द्रयान-३ को सफल प्रक्षेपण

भारतले गर्‍यो चन्द्रयान-३ को सफल प्रक्षेपण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०८० शुक्रवार • १७:१६:१५ बजे
  • 1.1K
    SHARES
  • भारतले गर्‍यो चन्द्रयान-३ को सफल प्रक्षेपण

    भारतको अन्तरिक्ष एजेन्सी इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले चन्द्रमामा यान अवतरण गराउन रकेट प्रक्षेपण गरेको छ ।

    images

    शुक्रबार १४ जुलाईका दिन आन्ध्र प्रदेशको सतीस धवन अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार २ बजेर ३५ मिनेटमा इसरोले चन्द्रयान–३ को सफल प्रक्षेपण गरेको हो । सबै कुरा योजना अनुरुप गए र यो यान चन्द्रमामा अवतरण भएमा भारत अन्तरिक्ष शक्ति बन्ने दिशामा उदाउनेछ ।

    सबै ठीक रहेमा अगस्ट २३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान अवतरण हुने ठानिएको छ । चन्द्रयान ३ मा ल्यान्डर, रोभर र प्रोपल्सन मोड्युल रहेको छ ।

    यसको तौल करिब तीन हजार हजार ९०० किलोग्राम छ । चन्द्रमाको दक्षिणी ध्रुव नजिक रोभर अवतरण गराउन चन्द्रयान–३ मा दुई मिटर अग्लो ल्यान्डर रहेको छ ।

    संस्कृतमा चन्द्रयानको अर्थ चन्द्रवाहन हुन्छ । ल्यान्डरले दुई सातासम्म काम गर्नेछ र सोक्रममा विभिन्न परिक्षणहरू गरिनेछ । करिब चार वर्ष अघि नै भारतले चन्द्रमाको सतहमा रोभर अवतरण गराउने प्रयास गरेको थियो, जुन असफल भएको थियो ।

  • सम्बन्धित विषय:

  • # ३ को सफल प्रक्षेपण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology