Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एलओडीबाट लगेर बालिका बलात्कार : सुदनबहादुर कोइराला जेल चलान

एलओडीबाट लगेर बालिका बलात्कार : सुदनबहादुर कोइराला जेल चलान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०८० शुक्रवार • १७:१७:२६ बजे
  • 508
    SHARES
  • एलओडीबाट लगेर बालिका बलात्कार : सुदनबहादुर कोइराला जेल चलान

    काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिंग्स (एलओडी) क्लबबाट लगेर गरिएको नाबालिग बलात्कार प्रकरणका अभियुक्त जेल चलान भएका छन् । जिल्ला अदालत ललितपुरका न्यायाधीश पुष्पराज थपलियाको आदेशअनुसार अभियुक्त कास्कीका ४९ वर्षीय सुदनबहादुर कोइराला पुर्पक्षका लागि थुनामा गएका हुन् ।

    images

    एलओडीमा मदिराले मातेकी एकजना किशोरीलाई आफ्नो कार्यालयमा लगेर बलात्कार गरेको अभियोग कोइरालालाई लागेको थियो । कोइरालाले गत जेठ ३१ गते ठमेलस्थित एलओडीमा पसेकी १५ वर्षीया किशोरीलाई सानेपास्थित कार्यालयको कोठामा लगेर बलात्कार गरेको आरोप लागेको थियो ।

    उनलाई प्रहरीले पक्राउ गरेर जबरजस्ती करणीमा मुद्दा चलाएको थियो । त्यस्तै, ती नाबालिगलाई एलओडीका प्रवेश गर्न दिएपछि पक्राउ परेका सञ्चालकहरु रुदिलबल्लभ श्रेष्ठ र राजुसिंह सुवाल हाजिरी जमानीमा छुटेका छन् । उनीहरुलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको अनुमतिमा हाजिरी जमानीमा छाडिएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी सीताराम रिजालले दुवैजनालाई हाजिरी जमानीमा छाडिएको बताए ।

    उक्त क्लबबाट १५ वर्षीया नाबालिगलाई लगेर बलात्कार गरेको आरोपमा पोखराका ५० वर्षीय सुदन कोइराला पक्राउ परेपछि सञ्चालकहरु तानिएका थिए ।

    जेठ ३१ गते ललितपुरको बागटोलमा नाबालिगलाई बलात्कार गरेको आरोप थियो । घटनाको भोलिपल्टै पीडितले कोइरालाविरुद्ध जाहेरी दिएकी थिईन् ।

  • सम्बन्धित विषय:

  • # कोइराला जेल चलान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology