Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल पाकिस्तान ‘ए’सँग पराजित

नेपाल पाकिस्तान ‘ए’सँग पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०८० शुक्रवार • १७:४४:२४ बजे
  • 538
    SHARES
  • नेपाल पाकिस्तान ‘ए’सँग पराजित

    श्रीलंकामा चलिरहेको एसीसी इमर्जिङ टिम्स कपमा आफ्नो पहिलो खेलमा पाकिस्तान एसँग नेपाल पराजित भएको छ । कोलम्बोस्थित कोलम्बो क्रिकट क्लब ग्राउण्डमा जितका लागि पाएको १८० रनको लक्ष्य पाकिस्तानले ३२ ओभार ५ बलमा ६ विकेट गुमाएर भेटायो । पाकिस्तान ‘ए’ का लागि तैयव ताहिरले ५१ रन बनाए ।

    images

    नेपालका लागि ललित राजवंशीले ३, पवन सर्राफले २ र कुशल मल्लले १ विकेट लिए । यसअघि कोलम्बो क्रिकेट क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभरमा अलआउट हुँदै १ सय ७९ रन बनायो । नेपालका लागि सोमपाल कामीले ७५ रन बनाए । नवौँ विकेटका लागि सोमपालले प्रतिश जिसीसँग मिलेर ७० बलमा ५८ रन बनाए । अर्जुन साउद र कुशल मल्लले समान १७/१७ रन बनाए ।

    गुलसन झाले १३ र ओपनर आसिफ शेख १२ रन बनाए । अरु नेपाली ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पाकिस्तान ‘ए’ का लागि शाहनवाज दहानीले ५ तथा मोहम्मद वासिम जुनियरले ४ विकेट लिए । मुबासिर खानले १ विकेट लिए । जितसँगै पाकिस्तान ‘ए’ समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ ।

    पराजित नेपाल दोस्रो स्थानमा रहेको छ । नेपालले दोस्रो खेलमा सोमवार भारत ‘ए’ सँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेलमा बुधवार यूएई ‘ए’ सँग खेल्नेछ । यस प्रतियोगितामा ६ टोलीकाे सहभागिता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलका लागि छानिनेछन् ।

    सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ । सेमिफाइनलका दुई विजेता उपाधिका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल पाकिस्तान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology