Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

भानुकाे सम्झनामा बाइसधारामा कविता वाचन

भानुकाे सम्झनामा बाइसधारामा कविता वाचन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०८० शुक्रवार • १७:५०:१३ बजे
  • 2.6K
    SHARES
  • भानुकाे सम्झनामा बाइसधारामा कविता वाचन

    २१०औं आदिकवी भानुभक्तको जन्मजयन्तीकाे अवसरमा शुक्रबार बालाजु बाईसधारामा कविता वाचन गरिएको छ । वाइसधारा भानु कला समुहको सहयोगमा काठमाडौं महानगरपालिका उद्यान तथा हरियाली प्रबर्धन आयोजना अन्तर्गत बालाजु वाइसधारा उद्यानमा आयोजना गरिएको कार्यक्रममा कवि, कलाकार, साहित्यकार र सर्वसाधारणको उल्लेखिय उपस्थिति थियो ।

    images

    कार्यालय प्रमुख दामोदर लामाको सभापतित्वमा आयोजित कार्यक्रमको प्रमुख अतिथि पुर्वराज्यमन्त्री रामवीर मानन्धर थिए भने विशेष अतिथिहरुमा काठमाडौं क्षेत्र ७ का सभासद गणेश पराजुली, कामनपाका १६ का वडअध्यक्ष मुकुन्द रिजाल, वरिष्ठ साहित्यकार श्रीहरि फुँयाल, विशिष्ठ कलाकार उत्तम केसीलगायत रहेका थिए ।

    भानुभक्तको सालिकमा अविर तथा फूलमाला अर्पण गरेर सुरुवात गरिएको कार्यक्रममा कवि तथा साहित्यकारहरुले कविता वाचन गरेका थिए । कार्यक्रममा श्रीहरि फ्याल, वैरागी जेठा र रसुवाली कवि ठाकुर तिमिल्सेना, भोजराज न्यौपाने, दिलकुमारी डंगोल, यज्ञराज घिमिरे, वासुदेव गुरागाई प्रकाश घायल, दामोदर लामा, माधव विडारी, (चेतनाथ) घनश्याम, पुडासैनी, ओमनमो शिवाय रामशरण कोइरालालगयतले कविता वाचन गरेका थिए ।

    साहित्यकार श्रीहरि फुँयालले बाइसधाराभित्र कवि भानुभक्त स्थापनाको बिषय र भानुको साहित्यकलाबारे चर्चा गरेका थिए । कार्यक्रममा राजुध्वज थापा, श्रीराम पुडासेनी, धु्रवराज खड्का, सुरेन्द्र थापा, दिप्त अधिकारी, सुवास गौतम, विकास दास, सुरेन्द्र महर्जनलगायतको पनि उपस्थित रहेको थियो ।

    कार्यक्रममा १६ नं. वडाका अक्ष्यक्ष मुकुन्द रिजालले भानु जयन्तीको चर्चा गर्दै आगामी बर्षका लागि बजेटको व्यवस्था गरिदिने आस्वासन दिए । यस्तै, ७ नं. क्षेत्र काठमाडौंका सांसद सभासद गणेश पराजुली र प्रमुख अतिथि रामविर मानन्धरले सदाझै यस बर्ष पनि बाइसधारा भानुजयन्ती मनाउन पाउँदा खुशी लागेको बताए । उक्त कार्यक्रमको सहजीकरण यज्ञराज घिमिरे (गोपाल)ले गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology