Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गरिब, विपन्न, बेवारिसे र असहायलाई १६ अस्पतालमा तीन हजार ५२३ बेड निःशुल्क

गरिब, विपन्न, बेवारिसे र असहायलाई १६ अस्पतालमा तीन हजार ५२३ बेड निःशुल्क

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०८० शुक्रवार • २०:०२:२७ बजे
  • 727
    SHARES
  • गरिब, विपन्न, बेवारिसे र असहायलाई १६ अस्पतालमा तीन हजार ५२३ बेड निःशुल्क

    गरिब, विपन्न, बेवारिसे र असहायहरूको लागि देशका १६ अस्पतालमा तीन हजार ५२३ बेड निःशुल्क उपलब्ध गराइने भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार संघ अन्तर्गतका अस्पतातहरूमा उक्त संख्यामा बेड निःशुल्क उपलब्ध गराइने जनाएको हो ।

    ‘गरिब, विपन्न, बेवारिसे तथा असहायहरूको उपचारमा स्थानीय, प्रादेशिक र संघीय स्तरका सरकारी, सामुदायिक तथा निजी अस्पतालहरूमा १० प्रतिशत बेड निःशुल्क गर्नुपर्ने व्यवस्थाअनुसार संघ अन्तर्गतका १६ अस्पतालहरूबाट कुल तीन हजार ५२३ बेड निःशुल्क उपलब्ध गराइएको छ’, स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

    मन्त्रालयका अनुसार वीर अस्पतालमा ७००, भरतपुर अस्पतालमा ४२०, नारायणी अस्पतालमा २५५, कान्ति बाल अस्पतालमा २४८, गजेन्द्र नारायण अस्पतलमा १०० र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६० वटा बेड गरिब, विपन्न, बेवारिसे र असहायले निःशुल्क पाउने छन् ।

    यस्तै, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा ४५०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३००, राष्ट्रिय ट्रमा सेन्टरमा १५०, भेरी अस्पतालमा ५०, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ९०, डडेल्धुरा अस्पतालमा ३०, मानसिक अस्पताल ललितपुरमा ४०, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५०, कोसी अस्पतालमा ३३० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० बेड निःशुल्क उपलब्ध गराइने छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology