Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३०, २०८० शनिवार • १२:१९:३५ बजे
  • 412
    SHARES
  • चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

    झापामा चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट सर्ट भई एक महिलाको मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमा जिल्लाको गौरिगञ्ज गाउँपालिका १ का जगतबहादुर श्रेष्ठकी श्रीमती ५५ वर्षीय सिला बुढाथोकी रहेकी छन् । खेतमा काम गरेर घर फर्किएलगत्तै मोबाइलमा चार्जमा रहेको मोबाइलमा फोन आएपछि बुढाथोकीले फोन उठाएकी थिइन् ।

    सोही क्रममा अचानक फोनबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology