Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पत्रकारलाई दुर्गा प्रसाईंको ज्यान मार्ने धम्की– धेरैलाई मैले सिध्याएको छु !

पत्रकारलाई दुर्गा प्रसाईंको ज्यान मार्ने धम्की– धेरैलाई मैले सिध्याएको छु !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३०, २०८० शनिवार • १४:२९:११ बजे
  • 316
    SHARES
  • पत्रकारलाई दुर्गा प्रसाईंको ज्यान मार्ने धम्की– धेरैलाई मैले सिध्याएको छु !

    नेपाल पत्रकार महासंघ ललितपुर शाखाले आफ्नो शाखाका सदस्य विकास न्युज डटकमका प्रधान सम्पादक रामकृष्ण पौडेललाई मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ज्यान मार्ने धम्की दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    images

    शनिवार एक विज्ञप्ति जारी गर्दै शाखाका सचिव रामहरि कार्कीले एक विज्ञप्ति जारी गर्दै सो धम्कीको घोर भर्त्सना गरेको उल्लेख गरेका छन् ।

    समाचारको विषयलाई लिएर दुर्गा प्रसाईले गत असार २९ गते बेलुका ६ः ५५ बजे ९८०१०५२२२२ नम्बरबाट फोन गर्दै –‘भाइ तिमीले मेरो बारेमा धेरै समाचार बनायौ, तिमीले मलाई चिनेका छैनौं, मसँग निहुँ खोज्नेलाई बाँकी राख्दिनँ, धेरैलाई मैले सिध्याएको छु, मलाई कसैले पनि जित्न सक्दैनन्, बुझ्यौ भाइ, मेरा पछाडि हजारौं मान्छे छन्, भाइ तिम्रो सुरक्षा कसले गर्न सक्छ ?’ भनेर धम्की दिएको विज्ञप्तिमा उल्लेख छ ।

    प्रसाईलाई त्यसप्रति माफी माग्न आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ– ‘दुर्गा प्रसाईले जुन शब्द प्रयोग गरेका छन्, यो उनको दादागिरी हो भन्ने नेपाल पत्रकार महासंघ ललितपुर शाखाको ठहर छ । यो भनाइ फिर्ता लिएर सार्वजनिक माफी माग्न र पत्रकारलाई धम्क्याउने कार्य÷गतिविधि नदोहोर्याउन घोषणा गर्न दुर्गा प्रसाईंलाई सुझाव दिन्छौ ।

    यदि यस्ता गतिविधि फेरि दोहोरिए अन्य विकल्पमा जान बाध्य हुनेछौं ।’ समाचारमाथि चित्त नबुझे कानुनी कारबाहीमा जाने बाटो हुँदा हुँदै पत्रकारकै ज्यान सिध्याइदिने धम्की दिने शक्ति दुर्गा प्रसाईंले कहाँबाट पाए ? भन्दै ललितपुर शाखाले सम्बन्धित निकायसँग यसको जवाफ माग मागेको छ । 

    प्रसाईको धम्कीपछि रामकृष्ण पौडेलको सुरक्षा सम्वेदनशीलता थपिएको महसुस गरेको भन्दै सरकार, प्रहरीलगायत निकायलाई पनि विषयवस्तुको सम्वेदनशीलता बुझिदिन अपिल गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology