Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बागलुङको गलकोटमा पुरुषको शव भेटियो

बागलुङको गलकोटमा पुरुषको शव भेटियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३०, २०८० शनिवार • १४:३६:३७ बजे
  • 487
    SHARES
  • बागलुङको गलकोटमा पुरुषको शव भेटियो

    बागलुङमा एक पुरुषको शव फेला परेको छ । गलकोट नगरपालिका–५ भैँसेस्थित खरबारीमा ताराखोला गाउँपालिका–५ सानो हिलेका ४० वर्षीय झलिराम पुन मगरको शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।

    images

    प्रहरीका अनुसार शनिबार बिहान ८ बजे खरबारीको बाटो नजिकै स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक पुन श्रीमतीसँगै गलकोट नगरपालिका–३ हटियामा डेरा गरी बस्दै आएका थिए ।

    पुन मगरले मदिरा सेवन गरेर भिरबाट लडेको हुन सक्ने आशङ्का गरिएको गलकोट नगरपालिका–५ का वडाअध्यक्ष पवन हमालले बताए ।

    प्रहरी र स्थानीयको रोहवरमा शव परीक्षणका लागि गलकोट नगर अस्पतालमा लगिएको अध्यक्ष हमालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # पुरुषको शव भेटियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology