Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चिनियाँ भ्याक्सिन पहिला कुन देशले पाउँला ?

चिनियाँ भ्याक्सिन पहिला कुन देशले पाउँला ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १२, २०७७ सोमवार • २०:४८:३१ बजे
  • 2.6K
    SHARES
  • चिनियाँ भ्याक्सिन पहिला कुन देशले पाउँला  ?

    विश्वभर महामारीको रुप लिएको कोरेना भाइरस (कोभिड–१९)का विरद्ध भ्यक्सिनको दौडमा चीन अग्रणी रहँदै आएको छ । अहिले विश्वभरका विभिन्न नौ वटा कोरोना भ्याक्सिन अन्तिम चरणको परीक्षणमा छन् ।

    images
    जसमध्ये ४ वटा चिनियाँ भ्याक्सिन रहेका छन् । विश्व स्वास्थ्य संगठनकाअनुसार विश्वभर करिब २ सय भ्याक्सिनहरु तयार भएकामा परीक्षणको अन्तिम चरणमा ९ वटा मात्रै पुगेका छन् ।

    चीनमा सिनोभ्याक, कानसिनो र सिएनबिजीको २ वटा गरी ४ वटा भ्याक्सिन अन्तिम परीक्षणमा रहेका छन् । जसमध्ये पहिलो ब्याचको चिनियाँ भ्याक्सिन सर्वसाधरणका लागि नोभेम्बर अथवा डिसेम्बरको सुरुवातमा उपलब्ध हुने चिनियाँ अधिकारीहरुले दावी गरेका छन् ।

    यसबीचमा चीनले सिएनबिजीको २ वटा र सिनोभ्याकको भ्याक्सिनलाई आपत्कालीन प्रयोगका लागि स्वीकृति दिइसकेको छ । दुबै कम्पनीले तेस्रो चरणको रिपोर्ट सार्वजनिक भएलगत्तै ठूलो मात्रामा उत्पादन थाल्ने तयारी गरेका छन् ।

    चीनको नेसनल हेल्थ कमिसन एनएचसीकाअनुसार यो वर्षको अन्त्यसम्ममा चीनले ६ सय १० मिलियन डोज भ्याक्सिन उत्पादन गर्ने छ । र, आगामी वर्ष यो क्षमता १ बिलियन डोजसम्म पुग्ने छ । चीनमा करिब १ दशमलव ४ बिलियन जनसंख्या रहेका छन् ।

    चीनले आफ्नो भ्याक्सिनको प्राथमिकतामा मेडिकल स्टाफ र सीमामा कार्यरत अधिकारीहरुलाई अगाडि राखेको छ । उनीहरुलाई गत जुलाईदेखि नै यो भ्याक्सिन दिइरहेको छ । भ्याक्सिन लिएकाहरुमा कुनै प्रकारको स्वास्थ्य समस्या नभएको बताइएको छ ।

    सिएलबिजीका उपाध्यक्ष झाङ्ग युन्ताओले यदि राज्यको औषधि नियामकले स्वीकृति दिएको अवस्थामा ६ सय युआन अर्थात ८८ डलर आसपासमा भ्याक्सिन उपलब्ध हुने बताएका छन् । यसअघि भ्याक्सिनको मूल्य १ हजार युआन राखिएको थियो ।

    चिनियाँ भ्याक्सिनको पहिलो प्राप्तिमा पर्नसक्ने देशहरुमा युएई, बहराइन, पेरु, मोरक्को, टर्की, बंगलादेश, ब्राजिल र इण्डोनेसिया रहेका छन् । ती देशमा चिनियाँ भ्याक्सिनको परीक्षण पनि चलिरहेको छ ।

    यस्तै चीनले यसअघि नै आफूले विकास गर्ने भ्याक्सिन विश्वका लागि हुने भन्दै इच्छुक सबैलाई उपलब्ध गराउने बताइसकेको छ । चिनियाँ भ्याक्सिन पहिला पाउने राष्ट्रहरुमा चीनको परियोजनाहरु सञ्चालित र रणनीतिक हिसाबले महत्वपूर्ण राष्ट्रहरु पर्नेछन् ।

  • सम्बन्धित विषय:

  • # विज्ञान/प्रविधि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology