Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

न्यूनतम पारिश्रमिक २५ हजार तोक्न माग गर्दै श्रमिकद्वारा प्रदर्शन

न्यूनतम पारिश्रमिक २५ हजार तोक्न माग गर्दै श्रमिकद्वारा प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०८० आइतवार • १८:०३:४३ बजे
  • 250
    SHARES
  • न्यूनतम पारिश्रमिक २५ हजार तोक्न माग गर्दै श्रमिकद्वारा प्रदर्शन

    श्रमिकको पारिश्रमिक न्यूनतम २५ हजार पु¥याउन माग गर्दै नेपाल ट्रेड युनियन कांग्रेसले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

    images

    सरकारले तोकेको न्यूनतम पारिश्रमिकले श्रमिकको सामान्य जीवनयापन नचल्ने भन्दै प्रमुख सत्तासिन दल नेपाली कांग्रेसनिकट ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम तलब बढाउन माग गर्दै श्रमिकका नेता र अगुवाले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

    ‘श्रमिकको पारिश्रमिक न्यूनतम २५ हजार रुपैयाँ निर्धारण गर’ लेखिएको प्लेकार्ड लिएका उनीहरुले ¥याली र विरोधसभा गरे । योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्नुपर्ने, श्रम आयोग गठन गर्नुपर्ने, स्थानीय तहमा श्रमिकहरुको पन्जीकरण गर्नुपर्ने र नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।

    महासंघका महासचिव अजयकुमार राईले आकासिँदो महँगीको अवस्थामा श्रमिकको जीवनयापन नै कठिन बनेको भन्दै न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पु¥याउन माग गरिएको बताए । सरकारले हाल तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँ छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology