Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयको रोक

बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयको रोक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १, २०८० सोमवार • १०:३१:४४ बजे
  • 319
    SHARES
  • बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयको रोक

    नुवाकोटको बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा आजदेखि फोहोर फाल्नमा स्थानीयले रोक लगाएका छन् ।

    images

    सरकार र काठमाडौं महानगरपालिकाले सहमति कार्यान्वयन नगरेको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाले सोमबारदेखि फोहोर विसर्जनमा अवरोध गरेका हुन् ।

    बन्चरे डाँडाको ल्याण्डफिल साइटमा फोहोर लिएर जाने गाडीलाई स्थानीयले रोकेका हुन् । स्थानीयहरुले आफ्ना माग पुरा नभएसम्म फोहोर फाल्न नदिने पनि बताएका छन् ।

    यसैबीच, ककनी गाउँपालिकाले फोहोर बोकेर बन्चरेडाँडा जाने हरेक सवारी साधनबाट १५ सय सम्म शुल्क लिने निर्णय गरेकोमा ककनी गाउँपालिकाविरुद्ध सर्वोच्चमा अदालतमा रिट दायर भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology