Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अन्तरजातीय विवाह गर्दा जेल पुगेका मनोज राम थुनामुक्त

अन्तरजातीय विवाह गर्दा जेल पुगेका मनोज राम थुनामुक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १, २०८० सोमवार • १४:२८:०७ बजे
  • 1.7K
    SHARES
  • अन्तरजातीय विवाह गर्दा जेल पुगेका मनोज राम थुनामुक्त

    अन्तरजातीय प्रेमविवाह गरेपछि अपहरण गरेको आरोप लगाएर पक्राउ गरी कारागार पठाइएका सप्तरीको विष्णुपुर गाउँपालिका–६ का मनोज राम थुनामुक्त भएका छन् ।

    images

    सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मनोज रामलाई रिहाइ गर्न आदेश दिएपछि उनी थुनामुक्त भएका हुन् ।

    मनोज र बबिता इसरले तीन वर्ष प्रेम सम्बन्धमा रहेपछि २०७९ कात्तिकमा प्रेमविवाह गरेका थिए । तर, बबिताका परिवारले अपहरण गरेको आरोप लगाएपछि मनोज राम डेढ महिनादेखि सप्तरी जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा राखिएको थियो ।

    अधिवक्ता शैलेन्द्रप्रसाद हरिजनले गत ८ असारमा मनोज रामलाई रिहाइ माग्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए । थुनामुक्तपछि मनोज रामले जातीय विभेदकै कारण म र मेरो परिवारलाई फसाउने प्रयास गरिएको बताए । भाइले अन्तरजातीय विवाह गरेपछि मनोज रामका दाइलाई पनि पक्राउ गरिएको थियो ।

    उनी अझै थुनामा छन् भने बुबा र अर्को भाइ प्रहरी पक्राउबाट बच्न भागेका थिए । मनोज रामले आफ्नै श्रीमती बबिता इसरलाई अपहरण गरेको भन्दै व्यक्ति बेपत्ता पार्नेसम्बन्धी कसुरमा सप्तरी जिल्ला अदालत राजविराजले पुर्पक्षका लागि २४ जेठमा थुना पठाउने आदेश गरेको थियो ।

    अन्तरजातीय प्रेमविवाहबाट छुटाउन बबिताका बुबा ललित इसरले छोरी नाबालिग रहेको र अपहरण भएको भन्दै मनोजविरुद्ध मुद्दा दायर गरेका थिए । इसरकी छोरीको जन्मदर्ताका आधारमा जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवालीले मनोजलाई थुना पठाउने आदेश दिएका थिए ।

  • सम्बन्धित विषय:

  • # अन्तरजातीय विवाह
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology