Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मदिरा सेवन गरेर प्रेमीको निहुँमा युवतीबीच ‘ग्याङ फाइट’

मदिरा सेवन गरेर प्रेमीको निहुँमा युवतीबीच ‘ग्याङ फाइट’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १, २०८० सोमवार • १९:००:१२ बजे
  • 364
    SHARES
  • मदिरा सेवन गरेर प्रेमीको निहुँमा युवतीबीच ‘ग्याङ फाइट’

    मदिरा सेवन गरी सुनसरीको सप्तकोसी नदीछेउमा युवती समूहबीच ‘ग्याङ फाइट’ भएको छ ।

    images

    सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोसी नदी किनारमा युवतीबीच ‘ग्याङ फाइट’ भएको हो । तीन जना युवतीमाथि भएको निर्घात कुटपिटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दुई समूहबीच विवाद भएको प्रहरीको भनाइ छ । पाँचजनाको समूहले अर्को समूहलाई निर्घात घुटपिट र आक्रमण गरेको थियो ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनामा संलग्नमध्ये एकजनालाई पक्राउ गरिएको जनाएको छ । कुटपिटमा संलग्न आरोपमा बराहक्षेत्रका १९ वर्षीया कृति लिम्बू पक्राउ परेका छन् ।

    सप्तकोसीको राजावास क्षेत्रमा यो घटना भएको सुनसरीका प्रहरी प्रवक्ता एवं डीएसपी राजकुमार राईले जानकारी दिए । घटनामा संलग्न बराह क्षेत्र–९ बस्ने १९ वर्षीया सन्जिता राई, १९ वर्षीया निहाङ राई, बराह क्षेत्र–८ सैनिक टोल बस्ने १८ वर्षीया दुर्गा राई र बिनिता उरावँको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    घटनामा बराह क्षेत्र ८ का १७ वर्षीया सन्ध्या परियार, १६ वर्षीया नविना विश्वकर्मा र राजाबासकी १९ वर्षीया मनिषा राईलाई पाँच जनाको समूहमा रहेका किशोरीले निर्घात कुटपिट गरेका थिए । कुटपिट गरी त्यसको भिडियो सामाजिक सञ्जालमा अपलोड गरिएको थियो । घटना गएको शुक्रबारको हो ।

    प्रेमीको कुरा काटेको र त्यसकै आक्रोशमा मदिरा सेवन गरी कुटपिट गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । घटनापछि फरार अरू चार युवतीको खोजी भइरहेको डीएसपी राईले बताए । घटनामा संलग्न दुवै समूहका युवती साथीहरू हुन् ।

  • सम्बन्धित विषय:

  • # युवतीबीच ‘ग्याङ फाइट’
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology