Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बाढी-पहिरोबाट ३ वटा राजमार्ग अवरूद्ध

बाढी-पहिरोबाट ३ वटा राजमार्ग अवरूद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २, २०८० मंगलवार • १०:०७:३९ बजे
  • 280
    SHARES
  • बाढी-पहिरोबाट ३ वटा राजमार्ग अवरूद्ध

    बाढी–पहिरोका कारण ३ वटा राजमार्ग अवरूद्ध बनेका छन् । सठक विभागका अनुसार बाढीपहिरोबाट ३ वटा राजमार्ग अवरूद्ध बनेका हुन् । १५ वटा सडक एकतर्फी सञ्चालनमा रहेको विभागले जानकारी दिएको छ ।

    images

    आज बिहान ८ः३० बजेसम्मको अद्यावधिक तथ्यांकअनुसार केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम गणेशचोक–ताप्लेजुङ–ओलाङचुङ्गगोला जोड्ने मेची राजमार्गको हेवाखोलामा अवरूद्ध छ ।

    त्यो राजमार्ग असारको पहिलो सातादेखि नै सञ्चालनमा आउन सकेको छैन । त्यस्तै तमोर करिडोरअन्तर्गत् चतरा–मूलघाट–माझीछार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक माझीटारमा अवरूद्ध छ ।

    त्यस्तै, बेनी जोमसोम कोरला सडक योजनाअन्तर्गत्को कालिगण्डकी करिडोर पनि बैसरी, नौनी बगर, तातोपानी, गुइँठे आदि ठाउँमा अवरूद्ध छ ।

    अहिलेसम्म ९४ वटा सडक अवरूद्ध भएका र त्यसमध्ये ७६ वटा दुवैतर्फ सञ्चालनमा रहेको विभागले जानकारी दिएको छ ।

    मनसुनजन्य विपद्का कारण राजमार्ग बिग्रिए, भत्किएर अहिलेसम्म २४ करोड ९६ लाख बराबरको क्षति भइसकेको सडक विभागको अनुमान छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology