Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

विमानस्थलबाट १० हजार अमेरिकी डलरसहित एक जना पक्राउ

विमानस्थलबाट १० हजार अमेरिकी डलरसहित एक जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २, २०८० मंगलवार • १३:४३:१७ बजे
  • 379
    SHARES
  • विमानस्थलबाट १० हजार अमेरिकी डलरसहित एक जना पक्राउ

    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १० हजार अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् ।

    images

    नेपाल एयरलाईन्सको उडानमार्फत दुबई जान लागेका लेबनान नागरिक ४२ वर्षीय एल यमन महमदलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलरसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

    त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनले झोलामा लुकाई लैजान लागेको १ सय दरको १ सय थानमा रहेको उक्त अमेरिकी डलर फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि सोमबार राजश्‍व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको छ ।

     

  • सम्बन्धित विषय:

  • # डलरसहित एक जना पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology