Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राष्ट्रिय आविष्कार केन्द्रलाई भीमसेन थापा पुरस्कार

राष्ट्रिय आविष्कार केन्द्रलाई भीमसेन थापा पुरस्कार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २, २०८० मंगलवार • १९:०१:५२ बजे
  • 343
    SHARES
  • राष्ट्रिय आविष्कार केन्द्रलाई भीमसेन थापा पुरस्कार

    यस वर्षको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ ।

    images

    राष्ट्रिय विभूति थापा स्मृति प्रतिष्ठानको आज बसेको बैठकले यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान निर्णय गरेको हो ।

    प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिवेश्वर तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले भीमसेन थापाको २४९औँ जन्मजयन्तीको अवसरमा यही साउन ९ गते उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव लक्ष्मण थापाले राससलाई जानकारी दिए ।

    उक्त पुरस्कारको राशि रु एक लाख रहेको छ । गत वर्ष उक्त पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई प्रदान गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # भीमसेन थापा पुरस्कार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology