Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इमर्जिङ टिम्सः आज नेपाल र युएईबिच प्रतिस्पर्धा हुँदै

इमर्जिङ टिम्सः आज नेपाल र युएईबिच प्रतिस्पर्धा हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३, २०८० बुधवार • ०९:५९:०९ बजे
  • 1.4K
    SHARES
  • इमर्जिङ टिम्सः आज नेपाल र युएईबिच प्रतिस्पर्धा हुँदै

    एसिसी इमर्जिङ टिम्स एसिया कपमा आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ ।

    images

    आजको खेल नेपाली समय अनुसार बिहान १०ः १५ बजे पिसारा ओभल खेल मैदान, कोलोम्बोमा सुरु हुनेछ । समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका छन् ।

    यद्धपी, आज प्रतिस्ठाका लागि दुवै टोली एक अर्कासँग आमुने सामुने हुने भएका हुन् । नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित हुनु परेको नमिठो पिडासहित मैदानमा उत्रन लागेको हो ।

    यता युएई पनि भारत र पाकिस्तानसँग पराजित भएर नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो । युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएर नेपालसँग आज प्रतिस्पर्धामा उत्रन लागेको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology