Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

भद्रकुमारी घले सेवा सदनमा चल्यो महानगरको डोजर

भद्रकुमारी घले सेवा सदनमा चल्यो महानगरको डोजर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३, २०८० बुधवार • १३:४३:५२ बजे
  • 277
    SHARES
  • भद्रकुमारी घले सेवा सदनमा चल्यो महानगरको डोजर

    काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको छ ।

    images

    सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन आज बुधबार डोजर चलाएको हो । यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचना दिएको थियो ।

    तीन दिनअघि उक्त भवन खाली गर्न आग्रह गर्दा पनि नटेरेपछि बुधबार नगरप्रहरीले डोजर चलाएको हो । अहिले डोजर लगाएर उक्त भवन भत्काउने काम भइरहेको छ ।

    भद्रकुमारी घले सेवा सदनमा बसेका असहाय अशक्त वृद्धवृद्धाहरुलाई मानव सेवा आश्रममा पठाइने नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए ।

  • सम्बन्धित विषय:

  • # चल्यो महानगरको डोजर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology