Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालसँग युएई १५७ रनमै अलआउट, कुशल एक्लैले लिए ६ विकेट

नेपालसँग युएई १५७ रनमै अलआउट, कुशल एक्लैले लिए ६ विकेट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३, २०८० बुधवार • १४:१२:०१ बजे
  • 1.3K
    SHARES
  • नेपालसँग युएई १५७ रनमै अलआउट, कुशल एक्लैले लिए ६ विकेट

    एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा यूएईले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ ।

    images

    बुधबार कोलम्बोस्थित पी सारा ओभलमा टस जितेर ब्याटिङ गरेको यूएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको हो । यूएईका लागि ओपनिङ ब्याटर लभप्रीत सिंहले सर्वाधिक ५२ रन बनाए ।

    ८२ बल सामना गरेका उनले ६ चौका र १ छक्का प्रहार गरे । त्यस्तै इथान डिसुजाले १८ रन बनाए । आर्यांश शर्माले १४ रन, अश्वनाथ वल्थपाले १६ र जस जियानानीले १३ रन बनाउँदा अन्य ब्याटरले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।

    यसअघि नै समूह चरणबाट बाहिरिइसकेको नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट बलिङ गरे । १० ओभर बलिङ गरेका भुर्तेलले ४० रन खर्चंदै ६ विकेट दिए । मौसम ढकालले २ विकेट लिँदा कुशल मल्ल र पवन सर्राफले १/१ विकेट लिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology