Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

देशका विभिन्न स्थानमा ५ जना मृत फेला

देशका विभिन्न स्थानमा ५ जना मृत फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३, २०८० बुधवार • १९:२३:१५ बजे
  • 340
    SHARES
  • देशका विभिन्न स्थानमा ५ जना मृत फेला

    पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ५ जना मृत फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

    images

    काठमाडौँ महानगरपालिका–३ महाराजगन्ज बस्ने ५० वर्षीय विकास लामा आफ्नै घरको भान्सा कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ नाईचेस्थित निर्माणधिन सुपर ङादी हाईड्रोपावरमा काम गर्ने तेह्रथुम ठटरा गाउँपालिका(६ घर भएका ३६ वर्षीय प्रकाश किरण लिम्बु बुधबार मृत अवस्थामा फेला परेका छन् ।

    दाङको बबई गाउँपालिका–७ स्थित डेरा गरी बस्ने सरस्वती माध्यमिक विद्यालय चरकमाटियाका प्रधानाध्यापक सल्यान गङ्गादेवी गाउँपालिका–१ घर भएका ३७ वर्षीय ललित केसी आफ्नै सुत्ने कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

    यता कास्कीको पोखरा महानगरपालिका–३१ माझथर घर भई सोही महानगरपालिका चौर बस्ने राहुल थापाको घरमा किसान काम गरी बस्ने ५० वर्षीय दामोदर तिवारी सोही ठाउँस्थित तालवेशी खोलामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

    त्यसैगरी झापाको शिबसताक्षी नगरपालिका(७ लालपानीस्थित माईखोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २० वर्षीया महिला बुधवार मृत अवस्थामा शव फेला परेकी छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # ५ जना मृत फेला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology