Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सुन तस्करीमा पक्राउ परेकालाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति

सुन तस्करीमा पक्राउ परेकालाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ४, २०८० बिहिवार • १९:५०:१३ बजे
  • 415
    SHARES
  • सुन तस्करीमा पक्राउ परेकालाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति

    उच्च अदालत पाटनले सुन तस्करीको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्ने राजस्व अनुसन्धान विभागलाई अनुमति दिएको छ ।

    images

    बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानसहित ६ जनालाई १० दिन थुनामा राख्न अनुमति दिएको उच्च अदालत पाटनका उपरजिस्ट्रार तथा प्रवक्ता मन्दिरा शाहीले बताईन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर बाहिरिएको झण्डै एक क्विन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

    मोटरसाइकलको ब्रेक सूभित्र राखेर सुन तस्करीमा संलग्न भएको आरोपमा पाँच नेपाली, एक भारतीय र एक चिनियाँसहित ६ जना पक्राउ परेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology