Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सन्दीप क्षेत्रीमाथि कारबाही, शो बन्द

सन्दीप क्षेत्रीमाथि कारबाही, शो बन्द

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ४, २०८० बिहिवार • १९:५८:१५ बजे
  • 391
    SHARES
  • सन्दीप क्षेत्रीमाथि कारबाही, शो बन्द

    कान्तिपुर टेलिभिजनबाट प्रशारण हुँदै आएको टेलिभिजन कार्यक्रम ‘ह्वाट द फ्लप’ बन्द भएको छ । हास्य कलाकारसमेत रहेका सन्दीप क्षेत्री होस्ट रहेको उक्त कार्यक्रम टेलिभिजनले बन्द गरेको हो । गत असार २३ गते शनिबार प्रसारित उक्त कार्यक्रमको एपिसोडमा अभिनेता पल शाहसँग होस्ट सन्दीप क्षेत्रीले अन्तर्वार्ता लिएका थिए ।

    images

    उक्त श्रृंखलाको संवाद तथा प्रस्तुतिले पीडितलाई थप पीडा दिने काम गरेको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो । आलोचनापछि कान्तिपुर टिभीले उक्त एपिसोडलाई हटाएको थियो । टेलिभिजनले भनेको छ– ‘गत असार २३ गेत शनिबार प्रसारित हृवाट द फ्लपमा छनोट गरिएका पात्रसँगको संवाद हाम्रो सम्पादकीय नीतिविपरीत रहेकाले उक्त भिडियो हामीले युट्युबबाट हटाइसकेका छौं, महिलाको स्वाभिमान र सामाजको चेतनालाई सम्मान गर्दै ह्वाट द फ्लप कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णतः रोकिएको जानकारी गराउँछौं ।’

    उक्त श्रृंखलामा प्रस्तोता सन्दीप र अतिथिका रूपमा बोलाएका अभिनेता शाहले जेलको बसाई, त्यहाँभित्रको अवस्था र कैदीको जीवन शैलीका विषयमा कुरा गर्दा मजाक गरेको आरोप उनीहरूमाथि दर्शक तथा सामाजिक सञ्जालका प्रयोगकर्ताले लगाएका थिए । उनीहरूको विषय, संवाद र प्रस्तुतिले पीडितलाई थप पीडा दिएको भन्दै चौतर्फी आलोचना भएपछि टेलिभिजन व्यवस्थापनले उक्त कार्यक्रम नै बन्द गरेको हो ।

    यद्यपि, उक्त कार्यक्रम बन्द भएपनि चाँडै नै उत्कृष्ट कार्यक्रम लिएर आउने टेलिभिजन व्यवस्थापनले जनाएको छ । अभिनेता समेत रहेका होस्ट क्षेत्रीले सञ्चालन गर्दै आएको यो कार्यक्रम पटकपटक विवादमा पर्दै आएको छ । यसअघि मधेशी समुदायलाई मजाक गरेको भन्दै व्यापक विरोध समेत भएको थियो ।

    जहाँ उनी मिठाइलाल यादवको क्यारेक्टरमा प्रस्तोताका रूपमा आउँथे । उनको यो क्यारेक्टरले तराइबासी मधेसी समुदायको झल्को दिन्थ्यो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology