Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

किशोरीलाई क्याफेमा बोलाएर बलात्कार प्रयास गर्ने पुरुष पक्राउ

किशोरीलाई क्याफेमा बोलाएर बलात्कार प्रयास गर्ने पुरुष पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०८० शुक्रवार • १०:५२:२२ बजे
  • 340
    SHARES
  • किशोरीलाई क्याफेमा बोलाएर बलात्कार प्रयास गर्ने पुरुष पक्राउ

    ललितपुरको ग्वार्कोमा एकजना पुरुषले किशोरीलाई बलात्कार प्रयास गरेका छन् । जागिर खोजीरहेकी २० वर्षीय किशोरीलाई दाङको तुलसीपुर उपमहानगरपालिका–१५ घर भएका ४१ वर्षीय महेश नेपालीले ग्वार्को स्थित सनराइज क्याफेमा बोलाएर बलात्कार प्रयास गरेका हुन् ।

    images

    बुधबार वर्क फ्रम होम ‘घरबाटै काम गर्न मिल्ने’ जागिर मिलाइदिन्छु भनेर नेपालीले किशोरीलाई क्याफेमा बोलाएका थिए । क्याफेमा पुगेपछि एकतला माथि रहेको कोठामा लगेर आफ्नो हात तानेपछि किशोरीले प्रतिकार गरिन् । क्याफेका वेटरले देखेपछि उद्धार गरेर प्रहरीलाई खबर गरेका थिए ।

    बलात्कार प्रयास गरेको आरोपमा महेश नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी (एसपी) नवराज कार्कीले  बताए ।

    उनले भने,‘जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेका छौँ ।’ जिल्ला अदालत ललितपुरले नेपालीलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । आरोपित नेपाली ललितपुर महानगरपालिका वडा नम्बर–९ बालकुमारीमा बस्छन् । ललितपुरस्थित बिग मार्टमा काम गर्दा पीडित र नेपालीको बीचमा चिनजान भएको थियो ।

    बिग मार्टमा किनमेल गर्न जाँदा त्यहाँ ‘सेल्सम्यान’ रहेकी किशोरीलाई उनले जागिरको आश्वासन दिएर बोलाएको पीडित परिवारको भनाई छ । क्याफेमा पुग्दा योजनाबद्ध रुपमा बसेका महेशले ‘आशिष अधिकारी’को नाममा कोठा बुक गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

    महेशले घरमै बसेर ‘एक्सल सिटमा डाटा इन्ट्रि गर्ने काम मिलाइदिन्छु’ भनेर किशोरीलाई सल्लाह गर्न भन्दै होटलमा बोलाएका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology