Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

घरको शौचालयमा एक महिला मृत फेला, हत्या भएको माइती पक्षको आरोप

घरको शौचालयमा एक महिला मृत फेला, हत्या भएको माइती पक्षको आरोप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०८० शुक्रवार • १०:५५:५३ बजे
  • 352
    SHARES
  • घरको शौचालयमा एक महिला मृत फेला, हत्या भएको माइती पक्षको आरोप

    सिराहामा एक महिला आफ्नै घरको शौचालय मृत अवस्थामा फेला परेकी छन् ।

    images

    सिराहाको कर्जन्हा नगरपालिका वडा नम्बर ११ हटलेटवा बस्ने स्थानीय धनिक लाल यादवको छोरा सुधन यादवकी श्रीमती अन्दाजी वर्ष २० की शान्ति यादव आफ्नै शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

    सुधनसँग करिब ५ वर्ष अघि किशोरी उमेरमै बिहे गरेकी शान्तिसँग २ वर्षीय छोरी रहेकी छन् । उनी शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । राती २ बजेको समयमा प्रहरीलाई जानकारी गएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । मृतको श्रीमान् सुधन वैदेशिक रोजगारीको सिलसिलामा रहेका छन् ।

    उनी राती २ बजे झुन्डिएको भेटिएको परिवारजनको बयान छ । यद्यपि, राति २ बजे तर्फको यो घटनाले शङ्का उत्पन्न गराएको छ । शौचालय जाँदा राति २ बजे उनको घरपरिवारले कसरी देखेको भनेर शङ्का उत्पन्न गराएको छ ।

    यसबारे प्रहरीले पनि अनुसन्धान थालेको हो । उनको शव पोस्टमार्टमको लागि सिराहा लैजाने तयारी गरिएको बताए । यता, शान्तिको माइत पक्षले छोरीलाई हत्या गरी झुण्डयाईदिएको आरोप लगाएका छन् ।

    श्रीमान् वैदेशिक रोजगारीमा हुँदा पटक पटक झैँ झगडा हुँदै आएकोमा मारेर झुण्डयाई दिएको आरोप माइती पक्षको छ ।

  • सम्बन्धित विषय:

  • # एक महिला मृत फेला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology