Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०८० शुक्रवार • १०:५८:०९ बजे
  • 385
    SHARES
  • त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित

    करिब १ सय किलो सुनबारे छानबिन गर्न भन्सार विभागले विमानस्थल भन्सार कार्यालयका दुईजना कर्मचारीलाई निलम्बन गरेको छ । भन्सारका जाँच पास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गरिएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले रातोपाटीलाई बताए ।

    images

    क्याथे प्यासिफिक एयरलाइन्सबाट काठमाडौँ आएको सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चिनिया नागरिक जीक्वाङ लिन सहित १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

    भन्सार कार्यालयका कर्मचारीको संलग्नता छानबिन गर्न भन्सार विभागले छानबिन समिति बनाएको छ । भन्सार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेल नेतृत्वको टोलीले त्यसबारे छानबिन गरिरहेको छ ।

    छानबिनका लागी भन्सार एजेन्ट यादव पराजुलीलाई पनि निलम्बन गरिएको महानिर्देशक पौडेलले बताए । उनले भने–‘दुई कर्मचारीसहित ३ जनालाई निलम्बन गरेका छौँ, थप छानबिन हुँदै छ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology