Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सर्लाही प्रहरीको हिरासतमै महिला मृत भेटिइन्

सर्लाही प्रहरीको हिरासतमै महिला मृत भेटिइन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०८० शुक्रवार • ११:११:५३ बजे
  • 370
    SHARES
  • सर्लाही प्रहरीको हिरासतमै महिला मृत भेटिइन्

    जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमै एक थुनुवा महिला झुण्डिएको अवस्थामा मृत भेटिएकी छिन् ।

    images

    चक्रघटा गाउँपालिका ८ की अन्दाजी ४० वर्षिया हजरत खातुनले हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएङ्की सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र थारु पजियारले जानकारी दिए ।

    उनका अनुसार राति १० बजे शौचालय गर्न जाँदा शौचालको ढोकामा कपडाले पासो लागेपछि सिकिस्त अवस्था प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो ।

    उपचारको क्रममा उनको मृत्यु भएको डिएसपी पजियारले बताए । उनका अनुसार साउन १ गते नेपाल भारत सीमा क्षेत्र मलंगवा नगरपालिका ८ झिलमिलियामाईबाट सशस्त्र प्रहरीले पाँच लाख ४ हजार नगद, १८७.७७ ग्राम चादी र ७.०७ सुन सहित खातुनसहित दुईजनालाई नियन्त्रणमा लिएको थियो ।

    भन्सारले ३ लाख ३९ हजार धरौटी बुझाए छाड्ने भनेको थियो । तर धरौटी बुझाउन नसकेपछि उनलाई नेपाल प्रहरीलेलाई जिम्मा लगाएको थियो । उनको मृत्युकाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology