Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपाल–भारत सीमा क्षेत्रमा गोली हानी एक महिलाको हत्या

नेपाल–भारत सीमा क्षेत्रमा गोली हानी एक महिलाको हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०८० आइतवार • १०:०७:२७ बजे
  • 469
    SHARES
  • नेपाल–भारत सीमा क्षेत्रमा गोली हानी एक महिलाको हत्या

    धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ ।

    images

    गएराति ८ बजेतिर मोटरसाइकलमा आएका दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई दुई राउन्ड गोली प्रहार गरी भागेका थिए । उनको घटनास्थलमानै मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

    ती महिला नेपाली हुन कि भारतीय भन्नेबारे पहिचान खुलेको छैन । घटना दशगजा पारी भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले लास पोस्टमार्टमका लागि लगेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए ।

    नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वय गरी घटनाको अनुसन्धान गरिरहेको डिएसपी गौतमले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology